फागुन २३ गते देखि २७ गते सम्म हरिपूर्वा नगरपालिकामा कारोनाको भ्याक्सिन लगाउने तयारी शुरु

बर्षा झा फागुन २२ २०७७

सर्लाहीको दक्षिणी पुर्वि क्षेत्रमा रहेको हरिपूर्वा नगरपालिकामा पहिलो पटक कोरोना भाइरस बिरुद्धको भ्याक्सिन फागुन २३ गते देखि लगाइने तयारी भइसकेको हरिपूर्वा नगरपालिकाको स्वास्थ्य ुसंयोजक रामएकबाल रायले हरिपूर्वा खोप समंव्य समितीको आज बसेको बैठकमा बताउनुभयो ।
स्वास्थ्य संयोजक रायको अनुसार फागुन २३ गते देखि २७ गते सम्म लगाइने भ्याक्सिनमा पहिलो प्राथमिक्तामा परेको ५५ बर्ष माथिको बृद्ध बृद्धा तथा ४० बर्ष देखि ५४ बर्षको दिर्घ रोगिहरु जस्तै किडनि सम्बन्धि रोगि,मुट्टू रोगी,चिनि रोग जस्ता दिर्घकालिन रोगिहरुलाई हरिपूर्वा नगरपालिका भित्र रहेको वडा नम्बर १ स्थित रहेको स्वास्थ्य चौकि, हरिपूर्वा नपा ३ धनकौल स्थित रहेको बर्थिगं सेन्टर तथा हरिपूर्वा नपा ९ बसंतपूर स्थित रहेको स्वास्थ्य चौकिमा भ्याक्सिन लगाउने तयारी भइसकेको उहाँ ले बताउनुभयो ।
पहिलो चरणको खोपमा हरिपूर्वा नगरपालिका भित्र रहेको ५ हजार १ सय ६५ जना ५५ बर्ष माथिको बृद्ध बृद्धा तथा ४० बर्ष देखि ५४ बर्षको दिर्घ रोगिहरु लगाइने छ । यो भ्याक्सिन लिनको लागी नजिकको स्वास्थ्य चौकिमा आफ्नो पहिचान खुल्ने कागजात लिएर जानको लागी नगर प्रमुख सियाराम रायले नगरबासी लाई आग्रह गर्नुभएको छ ।

Comments
Loading...