सर्लाहीको हरिपुर्बा नपा मा पहिलोपटक प्रमुख प्रशासकीय अधिकृत उपसचिव पदबहाली।जनमानसमा तिब्र बिकासको अपेक्षा

रबिन्द्र ठाकुर (फागुन २२ २०७७)

सर्लाहीको दक्षिणी पुर्वि क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिकामा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत( उपसचिव )को रुपमा मातृका आचार्य जि आउदाँ उहालाई भव्य स्वागत गरिएको छ ।

स्थानिय सरकारको निमार्ण पछि बनिएको हरिपूर्वा नगरपालिका बिकास निर्माणको काममा पछि पडेको बेला प्रमुख प्रशासकीय अधिकृत( उपसचिब )जस्तो जिम्मेबारिय पद मा मातृका आचार्य जि पद भार ग्रहण गर्नुभएपछि स्थानिय जनता मा बिकासको आस पलाइएको वडा नम्बर ६ को वडाध्यक्ष दिनेश यादबले बताउनु भयो ।
पद भार ग्रहण गर्नु लगतै काममा जुटनुभएको उप सचिब मातृका आचार्य जी ले सबैभन्दा पहिलो प्राथमिक्ता नगरपालिकालाई नियमापुर्बक सचांलन गर्नको लागि कर्मचारी लाई समयमा आई आ आफ्नो जिम्मेबारी लाई इमन्दारी पुर्बक वहन गर्न निर्देशन दिनुभएको  छ ।

स्वागत कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नबनियुक्त उपसचिव मातृका आचार्य ले छिट्टै हरिपूर्वा नगरपालिकाको कार्यपालिकाको बैठक बाट विभिन्न एैन हरु पारित गरि रोकिएर पछि परेको कामहरुलाई पहिलो प्रथमिक्तामा राखि बिकास निर्माणको कामहरु स्थानिय जनप्रतिनिधी को सहयोग बाट अगाडी बढाउदै जाने बताउनुभएको छ ।

Comments
Loading...