बाघवला कुटिको जग्गामा नगरपालिकाको भवन निर्माणको लागी नगरप्रमुख लाई ज्ञापनपत्र

मुकेश झा २०७८ माघ १८ गते हरिपूर्वा

सर्लाहीको सदरमुकाम पुर्व तथा महोत्तरी सिमा नजिक रहेको हरिपुर्वा नगरपालिका ३ वटा पुर्व गाबिस मिलेर बनेको नगरपालिका को आफ्नो जग्गा र भवन नहुदा भाडा को घरमा संचालन हुँदै आइरहेको छ ।


साबिक धनकौल गाबिस बसंतपुर गाबिस तथा हरिपुर्वा गाबिस मिलेर बनेको हरिपुर्वा नगरपालिका सबै वडाको मध्यमा पर्ने हरिपुर्वा पुरानो बजार स्थित रहेको रामसिश साहको घरमा भाडामा संचालित रहेको छ ।
हरिपुर्वा नगरपालिका को आफ्नै जग्गा नहुदा बिगतमा जग्गा दाताको लागि सुचना निकालिएको थियो ।
हरिपुर्वा नगरपालिका भित्र रहेको बाघ बला कुट्टी को नाउमा २० बिघा भन्दा बढी जग्गा रहेको ले सोही जग्गा भाडामा लिएर नगरपालिका को भवन निर्माण गर्न गराउन सोमबार हरिपुर्वा नागरिक समाज तथा विभिन्न पार्टिको प्रतिनिधि हरुले ज्ञापनपत्र मार्फत हरिपुर्वा नगरप्रमुख सियाराम रायलाई ध्यानाकर्षण गराएको छन ।


हरिपुर्वा नगरपालिका को मध्यभागमा रहेको पुरानो बजार देखि २०० मिटर दक्षिण मा बाघ बला कुटि ९ राम जानकी मन्दिर ० नजिक रहेको खाली ठाउँमा नगरपालिका को भवन निर्माण हुनुपर्ने मागको साथमा हरिपुर्वा नगरपालिका को प्रत्यासी नगरप्रमुख रामबाबु साह, प्रत्यासी प्रदेश सभासद बिनोद साह, नेपाली कांग्रेस को जिल्ला तरुण दलको अध्यक्ष सुर्यनारायण राय , स्थानीय मुक्ती साह, मनोज कुमार यादब, रिषिकेश महतो, सहित ५० जना विभिन्न पार्टी को प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...