हरिपूर्वा नगरक्षेत्र भित्रको सहकारीहरुमा क्षमता बिकास तथा कोपोमिस तालिम सम्पन्न

रबिन्द्र ठाकुर २०७८–०९–३० गते

सर्लाहीको हरिपूर्वा नगरपालिकामा रहेको ३० वटा सहकारी को पदाधिकारी तथा कर्मचारीहरु लाई क्षमता बिकास तथा कोपोमिस सम्बन्धी २–२ दिनको तालीम सम्पन्न भएको छ ।
हरिपूर्वा नगरपालिकाको आर्थिक सहयोग तथा जयगंगा बचत तथा ऋण सहकारीको आयोजनामा सम्पन्न क्षमता बिकास तालिममा हरिपूर्वा नगर क्षेत्र भित्र रहको ३० वटा सहकारी संस्थाको कर्मचारी तथा अध्यक्ष र प्रतिनिधीहरु लाई राष्ट्रिय सहकारी बैंक हरिवन शाखा को प्रमुख नारायण लामीक्षाने ले सहकारीको बिकास तथा प्रर्वद्धनको लागी आवश्यक पर्ने सहकारी एन,कर्जा लगानी तथा असुली,लेखा, सहकारीको प्रकार तथा शेयर र लेखापरिक्षण बारे प्रशिक्षण दिनुभएको राष्ट्रिय सहकारी बैंक हरिवन शाखा को प्रमुख नारायण लामीक्षाने ले बताउनु भयो ।


संस्थाको अध्यक्ष गणेश कुमार यादबको अध्यक्षतामा शुरु भएको तालिम को उद्धभाटन हरिपूर्वा नगरपालिका को प्रमुख प्रशासकिय अधिकिृत मित्रलाल ढकाल ले गर्नु भयो । कार्यक्रमको विशिष्ट आतिथीको रुपमा हरिपूर्वा नगरपालिकाको सहकारी शाखा प्रमुख कुमार परियार,हरिपूर्वा ३ को वडाध्यक्ष धर्मराज सिहं सचिव रमेश सिंदेल को उपस्थिती रहेको थियो ।

त्थस्तै हरिपूर्वा नगरपालिकाको आर्थिक सहयोग तथा जयगणराज साना किसान कृषि सहकारी संस्थाको आयोजनामा हरिपूर्वा नगर क्षेत्र भित्रको सहकारीहरुमा कोपोमिस सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । तालिममा राष्ट्रिय सहकारी बैंक हरिवन शाखाको कर्जा अधिकृत राहुल झा ले सहकारी लाई कोपोमिसमा कसरी आवद्ध गरिने र त्यसको आवश्यक्ता तथा मह्त्व बारे प्रशिक्षण गराउनु भयो ।
कार्यक्रममा नगर क्षेत्र भित्र को ३० वट सहकारीकर्मी को उपस्थिती रहेको थियो । नगर प्रमुख सियाराम रायको प्रमुख आतिथ्यमा समापन भएको कार्यक्रमा आतिथीको रुपमा हरिपूर्वा वडा नम्बर ४ को वडाध्यक्ष नागेश्वर राय, ३ को वडाध्यक्ष धर्मराज सिंह को उपस्थिती रहेको थियो ।
तालिममा सहभागीहरु लाई प्रमाण पत्र प्रमुख आतिथी नगर प्रमुख सियाराम रायको हाथबाट प्रदान गरियो ।

Comments
Loading...