बाल स्पोंसरशिप तालिम सप्पन्न

बिबेक कुमार यादव

फागुन १२ हरिपुर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिका अन्तर्गत वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपालको आयोजनामा संचालन बाल संरक्षण तथा समुदायमा संलग्न बाल स्पोन्सरशिप परियोजना द्वारा बाल स्पोन्सरशिप आधारभुत तालिम सम्पन्न भएको छ।
यस कार्यक्रमा हरिपुर्वा नगरपालिकाका वडा सदस्य, कार्यपालिका सदस्य, स्वयंसेबिका, शिक्षक तथा समुदायका आर.सी बाल बालिकाका अभिभावकको समेत उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा हरिपूर्वा को वडा नं ८ को वडा सदस्य सुशील यादव भन्नूहुन्छ ” यस्तो कार्यक्रम हाम्रो स्थानिय तहले गर्नु पर्ने जुन बागमती सेवा समाज ले हाम्रो समुदाय को बालबालिकाको समृद्धिको लागि काम गरी रहनु भएको छ हामी बागमती सेवा समाजलाई हृदयदेखी धन्यबाद दिन चाहन्छु।

उक्त कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको स्पोन्सरशिप फिल्ड संयोजक सीता चौधरी र तथ्यांक अधिकृत रजना श्रेष्ठ र सुरेश कर्णले संचालन गरेका थिए भने
कार्यक्रमको बारेमा विशेष जानकारी प्राप्त भएको र उक्त कार्यक्रममा सिकेका कुरा आफ्नो समुदायमा गई सिकाउन प्रयास गर्ने छु भन्दै उक्त कार्यक्रममा सहभागी विशेश्वर रायले बताए।

Comments
Loading...