सर्लाहीमा २ लाख भन्दा बढि बालबालिकालाई दादुरा÷रुबेला रोग विरुद्ध खोप लगाइने

मुकेश झा

सर्लाही,१३ फागुन । सर्लाहीमा दादुरा÷रुबेला खोप अभियान सुरु भएको छ । आज मलंगवा नगरपालिकामा रहेको कृष्णामती मावि बाट दादुरा÷रुबेला खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यलय मलंगवाका प्रमुख नवल किशोर झाले जानकारी दिनुभयो । सर्लाहीको २० वटा पालिका गरि १ हजार ९६ वटा खोप केन्द्रहरु मार्फत २ लाख ८० हजार ९६ बालबालिकाहरुलाई दादुरा÷रुबेला विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यलय प्रमुख झाले बताउनुभयो । खोप ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई प्रदान गरिने छ ।दादुरा÷रुबेला खोप आज आइतवार बाट सुरु भई नियमित रुपमा कृष्णामती मावि मलंगवामा १६ गते सम्म लगाइने र १६ गते देखि २२ गते सम्म सर्लाहीको २० वटै पालिकामा नियमित रुपमा चल्ने छ । खोप संचालन गर्नु पुर्व स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वयंसेविका, शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ । बीस २०३४ साल देखि नेपालमा राष्ट्रिय खोप कार्यक्रम सुरु भएको र सो कार्यक्रम मार्फत १३ थरीका एन्टीजेन खोप बालबालिकालाई दिन सुरु गरिएको स्वास्थ्य कार्यलय सर्लाहीले जनाएको छ ।नेपालमा नियमित खोप १५ महिना सम्मका बालबालिकालाई १६ हजार भन्दा बढी खोप केन्द्र मार्फत खोप लगाउने गरिनछ।अहिले पनि १६ प्रतिशत बालबालिका पूर्ण खोप बाट बञ्चित छने भने ४% बालबालिका शुन्य डोजमा रहेको छ । दादुरा÷रुबेला खोप अभियानको उद्घाटन प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, स्वास्थ्य कार्यालय प्रमुख झा, स्वास्थ्य कार्यालयका फोकल पर्सन रामदुलार यादव, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजिव कुमार झाले संयुक्त रुपमा गर्नुभएको छ ।

Comments
Loading...