Warning: session_start(): open(/tmp/sess_orhugsv5dugg1ihampt28gfv55, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
बिभिन्न खेल तमासाको साथ हरिपूर्वा नपा मा महाबिरी झण्डा आज देखि शुरु – lokpriyaawaj

बिभिन्न खेल तमासाको साथ हरिपूर्वा नपा मा महाबिरी झण्डा आज देखि शुरु

मुकेश झा ( १४ – पुष – २०७७ )

सदरमुकाम मलगंवा देखि पूर्व रहेको हरिपूर्वा नगरपालिका–०५ पुरानो बजार मा आज देखि महाबिरी झण्डा शुरु भएको छ । हरिपूर्वा नगरपालिका ५ बस्ने युगल साहको छोरा रुपेश साहले मन्नत पुरा भएको खुशियालिमा १ सय ५ फिटको महाबिर जी को झण्डा बनाएर आज बिधिबत रुपमा पुजापाठ गर्दै मेलाको सुरुवात गरिएको स्थानिय दर्शनार्थी महेश साहले बताउनु भएको छ ।

करिब ५ बर्ष पछि हरिपूर्वा नगरपालिकामा यस्ता झण्डाको आयोजना भएपछि दर्शनार्थी को भिड आजै देखि बढेको मेला समितीको सदस्य दिनेश यादव ले बताए । १५ दिन सम्म चल्ने यस मेलामा दर्शनार्थी आर्कषणको लागी मौत का कुवां,बिभिन्न झुलाहरु, तथा खेल तमासा कुस्ती, झराझरी सहित विभिन्न मनोरञ्जनात्मक कार्यको ब्यबस्था गरिएको स्थानिय उमेश साहले बताए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_orhugsv5dugg1ihampt28gfv55, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0