एकै रातमा जेनरल स्टोर्स तथा जयगंगा बचत तथा ऋण सहकारी संस्थामा चोरी को प्रयास, सिसिटिभीमा चोरको पहिचान भएपनि चोर पक्राउ गर्न प्रहरी असक्षम

लोकप्रिय समाचारदाता ( पुष –१८ – २०७७ )

सर्लाही हरिपूर्वा–५ त्रिबेणी चौक स्थित रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्था लि तथा सोही ठाउमा रहेको अनुश्का किराना एण्ड जेनरल स्टोर्समा बिहिबार राती करिब २ बजेको करिबमा एउटै चोरले ताल्चा फुटाउदै चोरीको प्रयास गरिएको छ ।
हरिपूर्वा नगरपालिकामा केही दिन देखि महाबिर जि को झण्डा मेला शुरुभए पछि चारीको घटना बढदै गइरहेको बेला बिहिबार राती सहकारी संस्था तथा किराना पसलमा ताल्चा फुटाउदै चोरी को अनजाम दिएको अनुश्का किराना एण्ड जेनरल स्टोर्स को मालिक संतोष साहले बताए । शुक्रबार बिहान पसलको गोदाम खोल्न जादां ताल्चा तोडी ढोका खुलेको हेरेपछि प्रहरीलाई जानकारी गराइको थियो ।

गोदाम अगाडी जयगंगा बचत तथा ऋण सहकारी संस्था लि को सिसिटिभी को क्यामरामा घटना खगंल्दा हरिपूर्वा नगरपालिका १ बस्ने महेशी रायको छोरा अन्दाजी २२–२३ बर्षको अमृत यादब( पहाडी ) यादबले बिहिबार राती २ बजे फलामे रड प्रहार गर्दै पहिले अनुश्का किराना एण्ड जेनरल स्टोर्सको गोदाम को ताल्चा फुटाएर गोदामबाट रिर्चाज कार्ड,सिगरेट,पान पराग, सहित करिब ५० हजारको महगों समान यादबले लगाएको लुगामा लुकाएर निस्के पछि पुनः त्यही फलामे रडले जयगंगा बचत तथा ऋण सहकारी संस्था लि को मुल ढोकामा लगाइएको ताल्चामा पटक पटक प्रहार गरिएको स्पष्ट देखिएको छ । ताल्चा बलियो भएको कारण फुटाउन नसके पछि संस्था नोकसानी बाट बचेको संस्थाको अध्यक्ष गणेश कुमार यादबले बताउनुभएको छ ।

शुक्रबार बिहान हरिपूर्वा प्रहरी चौकीको इन्चार्ज सिकिन्द्र पाण्डेको नेतृत्वमा खटिएको टोलीलाई समेत सिसिटिभी फुटेज उप्लब्ध गराइएपनि हाल सम्म चोरलाई समात्न सकिएको छैन । प्रहरीको अनुसार जानकारी पाएपछि चोरलाई समात्न जादाँ चोर फरार रहेको र छिटै पक्राउ गर्ने इन्चार्ज पाण्डेले बताए ।

त्यस्तै बिहिबार राती नै हरिपूर्वा नगरपालिका–०५ स्थित रहेको प्रहरि चौकि अगाडी बाट लक लगाइएको भारतिय नम्बरको गाडी लक तोडेर मोटरसाइकल चोरी गरेर केश्वर गरिब जनता माबि देखि पश्चिम रहेको चौरमा शुक्रबार फ्याकिएको अबश्थामा फेला परेको चाहत ज्वेर्लस को मालिक बिजय प्रसाद साहले बताए । साहको अनुसार इन्जन बिग्रेर बन्द रहेको मोटरसाइकल बिगत ३ दिन देखि प्रहरिचौकि को ठिक अगाडी रहेको करिब १०० मिटर को दुरीमा मोटरसाइकल रिपेयरिगं सेन्टरमा लक लगाएर राखिएका थियो । रात भरी प्रहरिको ड्युटि रहेको ठाउ बाट बिगे्रको मोटरसाइकल चोरी हुदाँ पनि प्रहरीले आफुलाई बिहानै मात्र जानकारी भएको बताए ।

Comments
Loading...