भारतीय मुखियाको नेपाली नागरिक्ता रहेको आरोप

चियोचर्चो खवर

सर्लाही,असाढ-१,भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको सोनवर्षा प्रखंड ग्राम पञ्चायत भलुआहाका बहाल बाला मुखिया बिलटु रायले नेपाली नागरिकता लिएको पाइएको छ।

भलुआहा पञ्चायतका पूर्व मुखिया मुकेश कुमार साहले शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा दुवैदेशका संचारकर्मीहरु को पत्रकार सम्मेलनमा बिल्टु  रायको नेपाल – भारत दुवै देशको नागरिकता रहेको दाबी गरेका हुन ।
पूर्व मुखियाले आज बिहान मलंगवामा पत्रकार सम्मेलनकाे आयोजना गरि रहस्यको खुलासा गरे । उनलेे वर्तमान मुखिया रायले नेपाली अधिकारीलाई प्रलोभनमा पारि दोहोरो नागरिकता लिएको दाबी गरे ।

उनले नेपालमा प्राप्त प्रमाणहरूकाे आधारमा आफुले वर्तमान मुखिया बिल्टु राय मुखिया पद मुक्त गराउन भारतीय न्यायालयमा मुद्दा दायर गरेको बताए ।
साहले यस्ता दाेहाेराे नागरिकताधारिबाट सुरक्षा चुनाैती हुने भएकाले नेपाल सरकारले कार्वाहीकाे दायरामा लाउनु पर्ने तर्क गरे ।
मुखिया रायको नेपाली नागरिकतताको विवरण अनुसार सर्लाहीको (नेपाल) कविलासी नगरपालिका साविक गाविस पिपरिया वडा न-२ बस्ने राम भजु यादवको छोरा विलट प्रसाद यादव रहेको उल्लेख गरिएको छ।

Comments
Loading...