मिटरब्याजी आरोपित रामस्वरुप राय प्रहरी हिरासतमा

समाचार सम्भार - उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–४, निवासी मिटरब्याजी आरोपी रामस्वरुप रायलाई प्रहरी हिरासतमा राख्न पठाइएको छ ।

मिटरब्याजी पीडितले दिएको उजुरीका आधारमा आज जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि बोलाइदा आफूले लगानी गरेको पैंसाबारे प्रष्टसँग बताउन नसकेको र केरकार गर्दा कमजोरी ढाकछोप गरेर पन्छिन खोजेको जस्तो देखिएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयको जिम्मामा पठाइएको हो । जिल्ला स्तरीय अनुचित लेनदन ९मिटरब्याज० पीडित समन्वय सहजीकरण समितिले अनुचित लेनदेन ९मिटरब्याज० का सम्वन्धमा उजुरीका आधारमा उजुरी दिने पक्ष अर्थात् पीडित र जोविरुद्ध उजुरी परेको छ अर्थात् पीडकलाई बोलाएर छलफल गराउन सुरु गरेको छ ।

छलफलका क्रममा सकेसम्म दुई पक्षलाई मेलमिलाप गराउने र यदि मिल्न नसकी उजुरी अनुसार दोषी देखिएका व्यक्तिलाई कारवाहीको थप प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज जिल्ला स्तरीय अनुचित लेनदन मिटरब्याज  पीडित समन्वय सहजीकरण समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सोही समिति मातहत रहेको सहयोगी कार्यदलका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेलगायत भएर पीडक र पीडित दुवैलाई राखेर छलफल प्रारम्भ गराएका हुन् ।

सर्लाहीमा विभिन्न मिटरब्याजीविरुद्ध १९ सय २० उजुरी परेका छन् । अब ति सबै पीडक भनिएका व्यक्ति र पीडितलाई संभव भए सम्वन्धित पालिकामै र नभए जिल्ला प्रशासन कार्यालयमा बोलाएर छलफल गराइने जिल्ला प्रशासन कार्यालयले सहयोगी कार्यदलका सदस्य मुकेश यादवले बताए ।

Comments
Loading...