मोटरसाइकल दुर्घटनामा परि सर्लाहीमा , दुई जनाको घटनास्थलमै मृत्यु

लोकप्रिय समाचारदाता

आज बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको ज्यान गएको छ ।

ईश्वरपुर नगरपालिकाको वडा नं ४ र १३ को सीमामा पर्ने अमुवा खोला पुलमा ज ११ प ८९४५ नम्वरको मोटरसाइकल पुलबाट तल खस्दा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । पुलमुनी मोटरसाइकल खसेर दुई जनाको मृत्यु भएको अवस्थामा शव देखेपछि आज बुधबार बिहान ९ बजेतिर स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासबाट प्रहरी निरीक्षक इन्सपेक्टर जनकराज ढुंगाना नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगदा मोटरसाइकल सबार दुवै जनाको मृत्यु भइसकेको । प्रहरी निरीक्षक ढुंगानाले बताए ।

सर्लाहीको हरिपुरमा मेलाबाट फर्किँदै गएका उनीहरू सवार ज११प ९८४५ नम्बरको मोटरसाइकल पुलबाट खस्दा उनीहरूको घटनास्थलमै दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ। सागरनाथ जंगल क्षेत्रमा दुर्घटना भएको हो।

ज्यान जानेमा महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर १ का चन्दन साह र सर्लाही जिल्लाको कविलासी नगरपालिकाका रामविश्वास मण्डल रहेका इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी अधिकृत जनकराज ढुंगानाले जानकारी दिए। चन्दन ३२र३३ वर्षका र रामविश्वासको उमेर अन्दाजी २५ वर्षको रहेको उनले बताए।

घटना कतिबेला भएको यकिन नभए पनि स्थानीयले बिहानपख शव देखपछि प्रहरीलाई खबर गरेका थिए। उक्त क्षेत्र पूर्वपश्चिम राजमार्गबाट ३ किलोमिटर तल पर्छ। घटना रातिको भए पनि आज ९बुधबार० ९ बजे मात्र आफूहरूले थाहा पाएको ढुंगानाले बताए।

मोटरसाइकल अनिन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। “पुलमा ठोक्किएर तल झरेकोजस्तो देखिन्छ,” उनले भने। उनीहरू दुवैको शव अहिले इलाका प्रहरी कार्यालमा राखिएको र चन्दन शाहको आफन्त आइपुगे पनि मण्डको आफन्त आउन बाँकी रहेका प्रहरीले जनाएको छ।

मृतकहरूको मुचुल्का उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलवा लगिने प्रहरीले जनाएको छ।

Comments
Loading...