लघु उद्यम बिकास कार्यक्रम को ८ दिने तालिम सम्पन्न

मुकेश झा हरिपूर्वा

लघु उद्यम बिकास कार्यक्रम को ८ दिने तालिम सम्पन्न


सर्लाहीको हरिपूर्वा नगरपालिका को आयोजनामा गरिबि निबारणको लागी लघु बिकास कार्यक्रम अन्तर्गत व्यवसाय सुचेतता,व्यवसाय शुरु,तथा लैगिंक समाजिक समाबेशिकरण अन्तर्गत हरिपूर्वा नगरपालिका वडा नम्बर ३ धनकौल तथा वडा नम्बर ४ डुमरिया को ४० जना महिलाको सहभागीतमा ८ दिने तालिम सम्पन्न भएको छ ।
हरिपूर्वा नगरपालिका को लघु उद्यम शाखाको कर्मचारी इन्दरजित यादवले सहभागी महिलाहरु लाई जिवकोपार्जन गर्न बिभिन्न किसिमको तालिम तथा शिपले कसरी कुशल व्यपारी बन्न सकिन्छ बारे प्रशिक्षण गराएको छ । लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत पहिलो चरणमा छनोट भएको महिलाहरुलाई व्यवसाय शुरु तथा लैगिंक समाबेशिकरण तालिममा सहभागी गराइएको । यस कार्यक्रममा सहभागीहरुले उद्यमी बन्न को लागी चाहिने शिप तालीम छनोट गरे अनुसार हरिपूर्वा नगरपालिकाले तालिमको व्यवस्थापन गर्ने कार्यक्रमको प्रशिक्षक इन्द्रजित यादबले बताए ।

Comments
Loading...