हरिपूर्वा नगरपालिकामा निःशुल्क आखा शिबिर सम्पन्न,१९० जना मा मोतिया बिन्दू

मुकेश झा कार्तिक ६ गते शनिबार

सर्लाहीको हरिपूर्वा नगरपालिकामा शनिबार भएको निःशुल्क आखा शिबिरमा १ सय ९० जनामा मोतियाविन्दु देखा परेको छ । DAK Foundation Partners For Equity को आर्थिक सहयोगमा तथा नेपाल नेत्रज्योती संघ भरतपूर आखा अस्पताल को आयोजना एवं हरिपूर्वा नगरपालिका को स्थानिय आयोजनामा कार्तिक ६ गते भएको एक दिने निःशुल्क आखा शिबिरमा ४ सय २० जनाले आखाको जाच गराएको दृष्टी बिशेषज्ञ चन्दन मणि रामले बताए ।


शनिबार बिहान ९ बजे देखि शुरु भएको शिबिर सांझ ५ बजे सम्म चलेको र सो निःशुल्क शिबिरमा आखा जचाउने रोगीको निकै नै बाक्लो उपस्थिती रहेपनि शान्ति पूर्वक सम्पन्न गरिएको नगर प्रमुख सियाराम रायले वताउनु भयो । आंखा शिबिरमा भरतपूर अस्पतालको दृष्टि बिशेषज्ञ देवकी आर्चाय,बिकाश यादब,चन्दनमणी राम नेत्र सहायक बिबेक यादबको उपस्थिती रहेको थियो ।


मोतिया बिन्दू देखा परेको बिरामी लाई कार्तिक  ७ र ८ गते बागमती नगरपालिकाको कर्मैया स्वास्थ्य चौकीमा निःशुल्क अप्रेशन,चश्मा तथा औषधी उप्लब्ध गराइने नगरप्रमुख रायले बताए । निःशुल्क आखा शिबिरको बिधिवत उद्वाटन नगर प्रमुख सियाराम रायले गर्नुभएको थियो । उद्वाटन कार्यक्रमको अध्यक्ष्ता आयुर्वेद औषधालयको उप प्रमुुख बिद्या रायले गर्नू भयो ।

Comments
Loading...