Warning: session_start(): open(/tmp/sess_iqs4rsa71gjekavr5finr0j1i1, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
लिलाधार कुशवाहाको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति सर्वसहम्मत चयन – lokpriyaawaj

लिलाधार कुशवाहाको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति सर्वसहम्मत चयन

राधेश्याम कुशवाहा

सर्लाही, बरहथवा ।। सर्लाहीको बरथवा नगरपालिका वार्ड न। ५ स्थित अन्नपुर्ण होटलको सभा हलमा पेशागत महासंघ नेपालको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

पेशागत महासंघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी, एकिकृत समाजवादी संगठन, सर्लाहीको आयेजनामा सम्पन्न भएको अधिवेशनमा लिलाधार कुशवाहा उर्फ निखिलको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति सर्वसहम्मत चयन भएको हो ।

उपाअध्यक्षमा दिनेश राय, महिला उपाध्यक्षमा सुशिला कुमारी चौधरी, सचिवमा शिवशंकर प्रसाद यादव, सहसचिवमा सरोज कुमार साह, कोषाअध्यक्षमा संतोष कुमार पौडेल, सदस्यहरुमा मदन कुमार महतो, रामबाबु सिंह, चन्दन कुमार दास, विरेन्द्र कुशवाहा, रघुनाथ महतो, नागेन्द्र राय यादव, रामबालक राय, सुशिला कुमारी सिंह र दुर्गा लामिछाने चयन भएका हुन ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष लिलाधर कुशवाहाले पेशागत महासंघ नेपालसंग आबद्व शिक्षा, स्वास्थ, सहकारी लगायत हरेक संगठनको हितका लागि निस्वार्थ रुपमा निरन्तर काम गर्ने बताए । मैले नेतुत्वमा आएपछि महासंघलाई थप नयाँ उचाई पुर्याउने दाबी गर्दै उहाँले चयन भएका सबै पदाधिकारीहरुलाई संगठनप्रति ईमन्दार भएर काम गर्न आग्रह समेत गरे । संगठनका हक अधिकार, सुरक्षा र जायज माग सम्बोधनका लागि प्रदेशदेखि केन्दसंग पैरवी गर्ने उहाँको भनाई थियो ।

उत्तर कुमार सुवेदीका संयोजकमा अध्यक्ष मण्डलमा ऋषिराम दंगाल, बज्रमणि लामा, राजकुमार विब, सुशिला चौधरी, दिलिप महतो र राजाराम राम सदस्यहरु रहेका थिए । पेशागत महासंघ नेपाल, सर्लाहीका पूर्व अध्यक्ष राजाराम साह को अध्यक्षतामा सम्पन्न भएको अधिवेशनलाई पूर्व कोषाअध्यक्ष सन्तोष पौडेलले संचालन गरेका थिए ।

कार्यक्रमा नेकपा एकिकृत समाजवादीा केन्द्रिय सदस्य डिल्ली प्रसाद उप्रेती, केन्द्रिय परिषद सदस्य अमरकान्त झा, नेकपा एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, पेशागत महासंघ नेपालको केद्रिय सदस्य ऋषिराम दंगाल, केन्द्रिय प्रतिनिधि छत्रबहादुर लुंगेली, संगठन विभाग प्रमुख भरत कुमार कार्की, अनेरास्ववियू केन्द्रका सचिव राजकुमार विश्वकर्मा लगायत पेशागत महासंघ नेपालको प्रतिनिधिहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_iqs4rsa71gjekavr5finr0j1i1, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0