वाल अधिकार सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

मुकेश झा २०७८ पुष २३ गते शुक्रबार

बाल अधिकार संरक्षणको लागी बाल अधिकार समिती,जनप्रतिनिधी तथा कर्मचारीहरु लाई बाल अधिकार सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम हरिपूर्वा नगरपालिकामा सम्पन्न भएको छ ।


महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा हरिपूर्वा को आयोजना तथा सहयोगमा पुस २२ गते बिहिबबार शुरु भएको अभिमुखिकरण कार्यक्रम आज नगर प्रमुख सियाराम रायको अध्यक्षतामा समापन गरिएको छ ।
कार्यक्रममा प्रत्येक वडामा गठन भएको वाल क्लवहरु को बाल प्रतिनिधी,वडाध्यक्ष,कर्मचारी तथा बाल अधिकार कर्मी संस्थाको प्रतिनिधीहरुको सहभागीता रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा हरिपूर्वा को प्रमुख धनकुमारी खडका ले बताउनु भयो ।


२ दिने अभिमुखिकरण कार्यक्रमको सहभागीलाई प्रशिक्षक नागेन्द्र कुमार साहले बाल अधिकार सम्बन्धि एनहरुको बिशलेषण गर्नु भयो । कार्यक्रममा नगर भित्रको विभिन्न वडाहरु बाट ४५ जनाको सहभागीता रहेको थियो ।

Comments
Loading...