३ दिने स्थायी बन्ध्याकरण निशुल्क हरिपूर्वा नगरपालिकामा शुरु, बन्ध्याकरण गराउनेको संख्यामा वृद्धि

रबिन्द्र ठाकुर २०७८ पुस २३

सर्लाहीको हरिपूर्वा नगरपालिकामा परिवार नियोजन संघको सहयोग तथा जिल्ला स्वास्थ्य समितीको सम्न्वयमा र हरिपूर्वा नगरपालिका को आयोजनामा हरिपूर्वा नगरपालिका ३ स्थित रहेको धनकौल बर्थिगं सेन्टरमा २२,२३, र २४ गते सम्म को लागी महिलाहरुमा स्थायी बन्ध्याकरण संचालन भएको हरिपूर्वा नगरपालिकाको स्वास्थ्य संयोंजक रामएकवाल रायले बताउनू भयो ।
नगर प्रमुख सियाराम रायको अध्यक्षतामा शुरुवात भएको स्थायी बन्ध्याकरणमा पहिलो दिन नै ३१ जना महिलामा स्थायी बन्ध्याकरण भएको छ । त्यसतै आज दोस्रो दिनमा ४१ जना महिलामा बन्ध्याकरण गरिएको स्वास्थ्य संयोजक रामएकवाल रायले वताए । सानो परिवार सुखि परिवारको बारेमा अधिकाशं महिलामा बढोको ज्ञानको कारण स्थायी बन्ध्याकरण गराउनेको संख्यामा पहिले भन्दा अहिले वृद्धि भएको राय ले वताए ।
रायको अनुसार यस स्थायि बन्ध्याकरणमा सहभागी भएको प्रत्येक महिलालाई हरिपूर्वा स्वास्थ्य शाखाको र्तफबाट एउटा च्यवनप्रास उपहार समेत दिइरहेको छ ।

Comments
Loading...