श्रोताको मन जित्न सफल रेडियो बरहथवा नवौं वर्षमा प्रवेश

बर्षा झा असोज १ गते २०७८

बरहथवा – सर्लाहीको बरहथवाबाट संचालन भइरहेको रेडियो बरहथवा १०१.१ मेगाहर्ज आज नवौं वर्षमा प्रवेश गरेको छ ।
२०७० साल असोज १ गते विश्वकर्मा पूजाका दिन प्रशारण आरम्भ गरेको रेडियो शुक्रवारबाट नवौँ वर्षमा प्रवेश गरेको रेडियोका संचालक घनश्याम सिंहले जानकारी दिए । रेडियोले प्रशारण आरम्भ गरेको आठ वर्ष पूरा भई नवौं वर्षमा प्रवेश गरेको अवसरमा सुक्रवार आज बिहान धुमधामसँग विश्वकर्मा पूजा गरिएको छ ।
रेडियोले बिहान ५ बजेदेखि राती १० बजेसम्म सामाचार तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको छ । त्यस्तै, रेडियोले बिहान ८ बजे र बेलुका ६ः३० बजे सामुदायिक रेडियो एकतासँग सहकार्य गरेर स्थानीय समाचार समेत प्रशारण गर्दै आइरहेको छ ।

Comments
Loading...