समयमै नगर सभा नहुदा किसान र्माकामा धान खेती सुख्खा

लोकप्रिय समचारदाता

सर्लाही सदरमुकाम पुर्वमा पर्ने हरिपूर्वा नगरपालिका सर्लाहीकै सुख्खा नगरपालिकामा परिणत भएको छ । अकाशे भरमा हुने धान खेतीमा यसपाली समयमा पानी नपर्दा किसानको धान खेती बिजोग भएको छ । सर्लाही को पश्चिमी तथा उत्तरी क्षेत्रमा बागमती नदिको नहरले खेत खेतमा पानी प्रयाप्त पुगेपनि हरिपूर्वा नगरपालिका तथा आसपासको क्षेत्रहरुमा खोलामा तटबन्ध नभएको कारण धान खेती नै सखाप भएको छ ।

हरिपूर्वा नपा को पुर्वमा जलधर खोला हर्दि तथा पश्चिम उत्तरमा बाके खोला रहेको छ । करिब १ दशक अगाडी यी खोलामा तटबन्ध गरि किसानहरुले खेतमा सिचाई गरेपनि बिगत ७–८ बर्र्ष देखि खोलामा रहेको सेक्टर क्षतीग्रस्त अबस्थामा भएको कारण पानी निकास हुन सकेको छैन । नव निर्वाचित हरिपूर्वा नपा ८ को वडाध्यक्ष रमेश कुमार अधिकारीको अनुसार किसानहरु लाई सिचाई गर्न धेरै समस्या भएपनि नगर सभा हुन नसक्दा बजेट खर्चिन गाह«ो भएको छ । किसानहरु ले आफै चन्दा संकलन गरेर हर्दि खोलामा तत्कालीन तटबन्ध निर्माण गरेर धान खेतमा सिचाई गरिरहको छ ।

त्यस्तै युवा नेता बिरेन्द्र प्रसाद अधिकारीको अनुसार हरिपूर्वा नपाको विभिन्न वडाहरुमा किसान तथा युवाहरुको समुहले चन्दा वा श्रम लगानी गरेर किसानको खेतमा पानी पु¥याउने काममा सहयोग गरिरहेको बताए ।
हरिपुर्वा नगरपालिकामा आफ्नै डोजर तथा टिपर रहेपनि केहि दिन अघि करारमा कार्यरत कर्मचारीहरुको नया भर्नामा ढिलाई भएको कारण बिभिन्न वडामा रहेको कुलो तथा पानी निकासको काम हुन नसकेको एक वडाध्यक्षले बताए ।

Comments
Loading...