८ कक्षा, ४ सय बालबालीका, ३ वटा शिक्षक, विद्यार्थी जुलुसमा, शिक्षा जिरो, शिक्षा शाखा तालिममा व्यस्त

जनता अभारभुत विद्याालय हरिपूर्वा ४ को समस्या

शिक्षा क्षेत्रमा सधै विवादित रहने हरिपूर्वा नगरपालिका पुनः केही दिन देखि डुमरिया ४ को जनता अभारभुत विद्यालयमा फसेको छ ।


सर्लाहीको हरिपूर्वा नपा ४ डुमरियामा रहेको जनता अधारभुत बिद्यालयमा निमित्त प्रधानाध्यपक राहत कोटा अनुदानमा कार्यरत मिना यादवको सरुवा तथा बिद्यालयमा कक्षा कोठा अभावको पुर्ती र शिक्षक पदपुर्तिको माग राख्दै त्याहा अध्यनरत बालबालिका हरु आज हरिपूर्वा नगरपालिकामा नारा जुलुस प्रदर्शन गरेको छन । विद्यालयमा अहिले कक्षा ८ सम्म पढाई हुदा पनि एउटा राहतकोटा अनुदानमा मिना यादव २ वटा वालविकास कोटा कर्मचारी रिता यादव तथा अनिता कुमारी यादवले ले अध्यापन गराइरहेको छ । ४ सय भन्दा बढि बालबालिका अध्यनरत विद्यालयमा शिक्षक को अभाव र भौतिक संरचनाको कमीको कारणले उहिरुको भविष्य अन्धकारमा परेको छ । शिक्षकको कमी कारण अधिकाशं कक्षा खालि रहने गरेको विद्यार्थीहरुको गुणासो रहेको छ । यस बिषयमा वडा नम्बर ४ को वडाध्यक्ष नोखेलाल रायको अनुसार राहत कोटामा कार्यरत निमित प्र अ मिना यादव पुर्व वडाध्यक्षको बुहारी भएको कारणले विद्यालय लाई राम्रो संग सचालन गर्ने सोचाइ नभएको र उहा रहुन्जेल सम्म बिद्यालय अव्यवस्थित नै रहने भएकोले मिना यादवको तुरन्त सरुवा गरि अर्को शिक्षक पठाउन नपा संग माग गरेको वताए ।


यता यस बिषयमा राहत कोटा मा कार्यरत निमित प्र अ मिना यादवको अनुसार राहत कोटा मा कार्यरत कर्मचारीको सरुवा नै नहुने शिक्षा एन रहेको र बिगत ३ बर्ष देखि म यस बिद्यालयको नि प्र अ भएर काम गर्दा कुनै पनि बिबाद भएको छैन । हाल निर्वाचित वडाध्यक्ष राजनिति द्वन्दको कारण बालबालिका लाई फकाइ फुलाई नारा जुलुस गर्न लगाइ रहेको वताए । उहाको अनुसार विद्यालयमा शिक्षकको अभाव छ यसमा सबै पक्ष लाई ध्यान दिनु जरुरी छ तर मलाई हटाएर मात्र समस्या समाधान नहुने बताए ।
के छ मुख्य समस्या ?


हरिपूर्वा नपा ४ डुमरिया स्थित रहेको जनता अधारभुत बिद्यालयमा अहिले करिब ४ सय भन्दा बढि बालबालिका अध्यनरत रहको छ । विद्यालयमा एउटा राहत कोटा अनुदान,२ जना बाल बिकास तथा ५ जना स्वयंसेबक को रुपमा कार्यरत रहेको छन । नि मा बि को एउटा दरबन्दि रहेपनि २०७६ भदौ २८ गतेमा प्रअ रामसेवक राय अवकास भएपछि त्यस पदमा नेपाल सरकारले हाल सम्म कुनै शिक्षक पठाएको छैन ।

दरबन्दि बहाल शिक्षक नभएको कारण हाल शिक्षा बिकास तथा समन्वय एकाइले निमित्त प्र अ को रुपमा राहत कोटामा कार्यरत मिना कुमारी यादवलाई नै खटाएको छ । यता वडाध्यक्ष नोखेलाल रायले निमित्त प्रअ मिना कुमारी यादवबाट विद्यालय राम्रो संग नचल्ने भएको र बालबालीका को जिवन अन्धकारमा पर्ने भएको ले राहत कोटामा कार्यरत मिना कुमारी यादव लाइ सरुवा गराई नपा भित्रको अन्य बिद्यालयमा पठाउने माग हरिपूर्वा नगरपालिकाको शिक्षा शाखा लाई गर्दा शिक्षा शाखाले हरिपूर्वा नपा को कार्यपालिका बैठक २०७९ अषाढ २३ को निर्णय अनुसार मिति २०७९ अषाढ ३० मा राम जानकी प्रा वि ६ मा राहत कोटामा कार्यरत शिक्षक बाबुलाल रायलाई कामकाजमा खटाइयो ।

कामकाजमा खटेको शिक्षक बाबुलाल राय लाई शिक्षा बिकास तथा समन्वय एकाइ कार्यालयले निमित्त प्र अ मा मान्य नगरी पुरानै निप्रअ लाई २०७९ अषाढ ३१ गतेको चलानी नम्बर २८६४ बाट मिना कुमारी यादवलाई निमित्त प्र अ मा पठाइएको पत्रले देखाउछ ।
हरिपूर्वा नपा ४ वडा कार्यलयको मिति २०७९ साउन ११ गते को चलानी नम्बर १७ को पत्र अनुसार विद्यालयको निमित्त प्रअ मिना कुमारी यादवको नाउमा पठाइएको पत्र अनुसार हरिपूर्वा नगरपालिका शिक्षा शाखाले कामकाज मा पठाएको शिक्षक बाबुलाल रायलाई विद्यालयको नाममा रहेको सम्पुर्ण समान सहितको सुचि तयार गरि नियमानुसार प्र अ को नाममा रहेको जिन्सी समान तथा अन्य जिम्मामा रहेको समान बरबुझारथ गरि दिनु बारे पत्र पठाएको छ ।

यसबारेमा निप्रअ यादवको अनुसार शिक्षा बिकास तथा समन्वय एकाइ ले विद्यालयको प्र अ मा मलाई नै पठाएको र हरिपूर्वा नपाले पठाएको शिक्षक काज सरुवा भएर आएकोले उहालाई बरबुझारथ गर्नु पर्छ भने कुन नियम कानुन बाट भएको देखाउनु प¥यो । नि मा बि मा दरबन्दी खाली रहेको र त्यो पदमा शिक्षा बिकास तथा समन्वय एकाइ वा सम्बन्धित निकायले पदपुर्ति ग¥यो भने म आफै निप्रअ को जिमेबारी बाट हटने मिना कुमारी यादव बताउछिन ।

बिभिन्न राजनिति द्वन्दको कारण विगत ४ महिना देखि विद्यालयमा विवनद चलिरहेको छ जस कारण त्याहा अध्यनरत बालबालिका को भविष्य अन्धकारमा पर्ने खतरा बढेको एक अभिवावक वताउछन ।

Comments
Loading...