सर्लाहीको हरिपुर नगरपालिकाको ११ औँ नगरसभा सोमबारबाट सुरु

लोकप्रिय अवाज समाचारदाता

पुस २६ हरिपुर । सर्लाहीको हरिपुर नगरपालिकाको ११ औँ नगरसभा सोमबारबाट सुरु भएको छ ।
नगरसभाको उद्घाटन संविधानसभाका सदस्य रामचन्द्र चौधरी र रञ्जना सरकारले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा आयोजित नगरसभाको उद्घाटन समारोहमा नगरका उपप्रमुख निलम देवि राय यादव, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, नौवटै वडाध्यक्ष ,कार्यापालिका सदस्य पूर्व नगरप्रमुख जमिरुदिन मन्सुर नेकपा एमालेका नगर संयोजक माधव सरकार ,नेपाली काँग्रेसका नगर सभापति धुब्रनाराण चौधरी , काँग्रेसका वडा सभापति खेटराज सुवेदी लगायतकाले ११ ओ नगरसभाको शुभकामना व्यक्त गर्नुभएको छ। आजबाट सुरु भएको नगरसभामा केहि महत्त्वपूर्ण विधेयक प्रस्तुत गरिने उपप्रमुख निलम देवी रायले जानकारी दिनुभयो । जारी नगरसभामा चालु आर्थिक वर्षको संचालन हुन बाकी रहेका केही योजनालाई थप छलफल गरि रकमान्तर गरिने उहाँले बताउनुभयो । यश आर्थिक वर्षमा हरिपुर नगरपालिकाले प्राप्त गरेको ५९ करोड बजेट मध्ये १७ करोडौं भन्दा बढीको रकम खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिनुभयो । पहिलो चौमासिक योजना अनुसारको बजेट नगरलाई प्राप्त नभएकोले सिलिङ अनुसार
खर्च गर्न समस्या परेको उहाँको भनाइ छ।
नगरलाई राजस्व वाडफाडबाट आउनुपर्ने रकम मध्ये ३ करोड मात्र आएकोले समयमा कर्मचारीलाई तलब खुवाउन समेत मुस्लिम परेको उहाँको भनाइ छ। त्यसैगरी वितिय समानिकरणको १४ करोडौं मध्ये , ६ करोड मात्र नगरलाई प्राप्त भएको छ। समयमा विकास निर्माण गर्न र कार्यक्रम संपन्न गर्न सरकारले दिएको सिलिङ अनुसारको रकम नआएको कारण समस्या परेको प्रशासकीय अधिकृत भुजेलको भनाइ छ। स्थानीय सरकार नागरिक प्रति जवाफदेही हुनका लागि नगरपालिकाले चौमासिक रुपमा सुनुवाइ कार्यक्रम गर्ने र सबै नगरबासीलाई सूचनाको प्रत्याभूति हुने गरि काम गर्ने बताउनुभयो ।

Comments
Loading...