हरिपूर्वा नगरपालिकामा ट्रयाक्टर र मोटरसाइकल ठोक्दा ट्रयाक्टर पछाडी बस्ने एकको मृत्यू

लोकप्रिय समाचारदाता २०७७ फागुन २० हरिपूर्वा सर्लाही

सर्लाहीको हरिपूर्वा नगरपालिका–३ स्थित साझ ५ बजेको करिबमा भएको ट्रयाक्टर र्दुधटनामा ट्रयाक्टरको टेलरमा बसिरहेको एक जना को मृत्यू भएको छन भने मोटरसाइकल चालकको दाहिना खुटटा भाचिएर गम्भीर घाइते भएको छ । भने मोटरसाइकल को पछाडी बस्ने एक जना समान्य घाइते भएको पर्सा प्रहरीचौकि ले जानकारी गराएको छन ।

इश्वरपूर बाट पर्सा गाउपालिका वडा नम्बर ४ जिगंडवा गईरहेको ज१त प्रदेश २–२–९६९ नम्बर को ट्रयाक्टरमा फलामे छड लोड गरेर आउदै गरेको क्रममा हरिपूर्वा नगरपालिका–३ धनकौल बाके खोला नजिक त्यहि दिशाबाट आइरहेको मोटरसाइकललाई ठोकिनबाट बचाउने क्रममा अचानक ब्रेक लिएपछि ट्रयाक्टर पछाडी जोडिएको टेलर पल्टीदा टेलमा लोड गरिएर राखिएको फलामे छडमा किचिएर टेलरमा बसिरहेको पर्सा गाउपालिका–४ जिगंडवा बस्ने लालबाबू यादबको छेरा अन्दाजी १७ बर्षको रबि रायको फलामे छडले किचिएर घटनास्थलमै मृत्यूभएको प्रत्यक्षदर्शि ले बताएको छन ।

त्यस्तै त्यहि टेलर पल्टिदा ज ८ प ९२१३ नम्बरको मोटरसाइकल चापिएपछि मोटरसाइकल सबार हरिपूर्वा नपा ३ बस्ने महन्थ रायको छोरा अन्दाजि २२ बर्षको ब्रह्मनारायण रायको खुटटा भाचिएर गम्भिर घाइते भएको छ त्यस्तै मोटरसाइकल पछाडि बसेको मनोज महतो घाइते भएको छ । दुर्घटना पछि ट्रयाक्टरको चालक फरार भएको र मोटरसाइकल तथा ट्रयाक्टर घटना स्थलमै रहेको स्थानिय सुरेन्द्र कुमार ले बताएको छ । अहिले प्रहरी घटना स्थलमा पुगिसकेको छन ।

Comments
Loading...