सर्लाही सहित देशै भरी रक्षाबन्धन ( जनै पुर्णिामा ) मनाउदै

मुकेश झा

भदौ १४ सर्लाही । आज हिन्दु धर्मावलम्बीको मुख्य पर्व अन्तर्गत श्रावण शुक्लपक्ष पुर्णिामा तिथिमा मनाइने रक्षाबन्धन मधेस प्रदेश सहित नेपाल भरी नै हर्ष उल्लासका साथ मनाइ रहेको छ ।
धार्मिक कथन अनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध छ ।

पौराणिक कथा अनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरबीच १२ बर्षसम्म भयानक युद्ध चर्किउृको थियो । उक्त युद्धमा असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहिन भएर जीवनयापन गर्न थाले ।

यता इन्द्रले उनीहरुसँग पुन अन्तिम युद्ध गर्ने संकल्प गरे । त्यो दिन श्रावण शुक्ल चर्तुदशीको दिन थियो । देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयको काममना गरी श्रावणमासको पूर्णिमाको शुभमूर्हुतमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

यसलाई आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो, रक्षा बन्धन । अर्थात हामी पथभ्रष्ट भएर गएका छौं । कुविचार, कुसंस्कार, कुदृष्टिले हामीलाई दानव बनाइरहेको छ । तामासिक खानपान, रहनसहनले हामी आफैलाई नष्ट गर्दैछ । यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो ।
अधुनिकता बढे संगै रक्षाबन्धन मनाउने चलनमा परिवर्तन समेत हुँदै गइरहेको छ । केही बर्ष पहिला आफ्नो यजमानको रक्षा हेतु ब्राह्मणले घर घरमा गएर रक्षासुत्र बाध्ने गर्दथ्यो । तर अहिले बिस्तारै आएर भाइ बहिनीको प्रेम सुमधुर तथा भाइको रक्षा गर्न रक्षासुत्र बाध्ने गरेको पाइन्छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।
आज बिहानै देखि सर्लाहीको विभिन्न पालिकाको चौक तथा बजारमा रक्षासुत्र तथा मिठाइ पसलमा भिडभाड बढेको छ ।

Comments
Loading...