पालिका स्तरमा शिक्षालाई मुलप्रवाहिकरण गर्न नीतिगत पैरवी कार्यक्रम सम्पन्न

लोकप्रिय समाचारदाता

सर्लाही, २६ मंसिर । सर्लाहीको मलंगवा नगरपालिका र कौडेना गाउँपालिकामा नीतिगत मुल प्रवाहिकरणका लागि पालिका स्तरमा नीतिगत पैरवी कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
ईयुको आर्थिक सहयोग तथा भिएसओको नेतृत्वमा जनजागरण युवा क्लब बाराद्वारा संचालित सहयात्रा परियोजना अन्तर्गत पालिका स्तरमा नीतिगत पैरवी कार्यक्रम सोमबार मलंगवामा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण प्रेरणा संस्थाले गरेको थियो ।
कौडेनामा गाउँपालिका उपाध्यक्ष नगीना देवीको प्रमुख आतिथ्यता तथा मलंगवा र कौडेना युवा क्लबका कोषाध्यक्ष सियाराम यादवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सोमबार मलंगवा नगरपालिका र कौडेना गाउँपालिकामा भएको कार्यक्रममा शिक्षालाई मुलप्रवाहिकरण गर्न, लैंगिक प्राथमिकतामा आधारित बजेट विनियोजन गर्न र अनिवार्य शिक्षा ऐन २०७५ को दफा १९ अनुसार २०८५ बैशाख १ गतेसम्म सबैले कसरी आधारभूत शिक्षा हासिल गर्न सक्छन भन्ने विषयमा सरोकारवालाहरु संग वृहत् रुपमा छलफल गरिएको थियो । छलफलको क्रममा सहभागीहरुले स्थानीय तहहरुले निःशुल्क रुपमा सार्वजनिक शिक्षा प्रदान गर्नु पर्ने साथै शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिएका थिए । यसमा अभिभावकहरुलाई पनि उत्तिकै सचेत हुनपर्ने उनीहरूको भनाइ थियो ।


मलंगवा नगरपालिका–३, स्थित महेन्द्र होटलमा भएको कार्यक्रममा कौडेना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव, जनजागरण युवा क्लबका कार्यक्रम प्रबन्धक मनोज यादव, भिएसओका देवी न्यौपाने, प्रेरणाका कार्यसमिति सदस्य मुकेश झा, संयोजक राजु लामा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल सर्लाहीका संयोजक राजेश पासवान, मलंगवा नपा र कौडेना गापाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु एवम् विभिन्न शाखाका शाखा प्रमुखहरु र नागरिक समाजका अगुवाहरु लगायतको सहभागीता रहेको थियो ।

Comments
Loading...