सर्लाहीमा रसायनिक मल किसानलाइ उपल्बध गराउन शाल्ट ट्रेडिगं सर्लाहीले आफ्ना डिलर मार्फत डिएपी मल बितरण गर्दै

मुकेश झा १४ - अषाढ - २०७७

कोरोनाको माहामारिले विश्व थलिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरेको छ ।
सरकारले कृषकहरुका लागि समयमा कृषि बालीमा लगाउने रासायनिक मल उपलब्ध नगराउँदा कृषकहरु मारमा परेका हुन्। सरकारले कृषि सामग्री संस्थान तथा शाल्ट ट्रेडिगं कर्पोशन मार्फत स्थानीय सहकारीहरुलाई मल उपलब्ध गराउँदै आएको छ । तर सिजनमा मलको अभाव हुदा सर्लाहीको कृषक मर्कामा परेका छन्।

अहिले उखूलाई गोडमेल गरि सिचाई गरेर युरीया मल छडकने बेलामा किसानहरु रासायनिक युरिया मलको लागि जिल्लाभरी भौतारीदै छन् । लकडाउन पूर्व सर्लाहीको किसानहरुले नेपालमा मल नपाएपछि छिमेकी देश भारतबाट पनि चर्कोमुल्य नै तिरेर मल ल्याउने गर्थे तर अहिले सिमा बन्दभएको कारण भारतबाट मल ल्याउन न सक्दा उखु खेती र धान खेती नै बिग्रने चिन्ता किसानलाई रहेको हरिपूर्वा नगरपालिका ५ बस्ने रमेश साहले बताए ।
यसै बिच सर्लाही मलंगवा स्थित रहेको शाल्ट ट्रेडिगं कर्पोशन ले अषाढको शूरु देखि नै रसायनिक डि ए पि मल जिल्ला भरिको आफ्नो डिलरहरु लाई बितरण गर्न सहज बनाएको प्रमुख अधिकृत संजिब झाले बताउनुभयो । झा को अनुसार शाल्ट ट्रेडिगं कर्पोरेशन लाई बर्ष भरिमा डिएपी ४५ हजार बोरा,५० हजार बोरा युरिया तथा ३ हजार बोरा पोटास वितरण गर्ने अधिकार रहेपनि सर्लाहीको किसानलाई खेती गर्न सहज बनाउन जेठ मसान्त सम्ममा सर्लाही शाखाले ५७ हजार ३ सय ३६ युरिया,५४ हजार ४ सय ९६ डिएपि,२ हजार ७ सय ३६ बोरा पोटास बितरण गरिसेको छन ।जुन सख्यां अधिकार भन्दा बढि नै रहेको र अषाढ महिना किसानको लागी रसायनिक मल अति आबश्यक भएकोले हामीले अहिले पनि डिएपी को संख्या बढाइ दिनको लागी क्षेत्रिय कार्यालय बिरगंज सगं आग्रह गरेको प्रमुख सजिंव झाले बताउनु भयो ।
शाल्ट ट्रेडिगं कर्पोशन लि.सर्लाही मलगंवामा अहिले जिल्ला भरिको १ सय ७ वटा सहकारी संस्थाले दर्ता गराए पनि ८० वटा संस्थाले अहिले मल खरिद गरेर किसानलाई सुपथ मुल्यमा मल उपल्बध गराइरहेका छन् । शाल्ट ट्रेडिगं कर्पोशनले किसानहरु लाई डिएपी,युरीया,पोटास उपल्बध गराउनुको साथ साथै एस एस पी(फोसफेट),साल्फेट,जिंक सहितको उपयोगी मल सुपथ मुल्यमा सहकारी डिलरको मार्फत बिक्री गरिरहेको लेखा शाखाको कर्मचारी मनोज यादवले बताए ।
केहि बर्ष अघि सर्लाहीको किसानहरुले मात्र कृषि समाग्री कै मलको भरमा खेति गर्न बाध्य रहेको बेला शाल्ट ट्रेडिगं कर्पोशन लिमिटेडले किसानले चाहेको बेला मल उपल्बध गराइदिने भएको कारण बजारमा समेत राम्रो नाम कमाएको पर्सा गाउपालिका को महेश रायले वताए ।

Comments
Loading...