सर्लाही भरीका १९ वटा पालिकाहरुको नीति, कार्यक्रम र बजेट प्रस्तुत,हरिपूर्वा नगरपालिका पनि २० गते भित्रै नगरसभा को तयारीमा

रौशन झा ११ -अषाढ -२०७७

सर्लाही भरीका नगरपालिका र गाउँपालिकाको नगर तथा गाउँ सभा नीति, कार्यक्रम र बजेट प्रस्तुत भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका बाहेक चन्द्रनगर गाउँपालिका, लालबन्दी नगरपालिका,कविलासी नगरपालिका, हरिपुर नगरपालिका, मलंगवा नगरपालिका, बरहथवा नगरपालिका, हरिवन नगरपालिका,गोडैता नगरपालिका, चक्रघटा गाउँपालिका लगायत सर्लाही भरीकै पालिकाहरुको नगरसभा र गाउँसभा सम्पन्न भएको छ ।
चन्द्रनगर गाउँपालिकाले सातौ गाउँ सभा सम्पन्न गरेको छ । चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ अनुमानित ५० करोड, २४ लाख२९ हजार, ७ सय ३० रुपैयाको आय व्यय प्रस्तुत गरेको चन्द्रनगर गाउँपालिकाका महेन्द्र महतोले जानकारी   दिए ।
यसैगरी लालबन्दी नगरपालिकाले पनि आ।व।०७७÷७८ को लागि नगर प्रमुख मान बहादुर खडकाले ७५ करोड, १८ लाख,४८ हजार, ९ सय रुपैयाको आय, व्यय प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै बरहथवा नगरपालिकाले आ।व।२०७७÷०७८ को लागि ६२ करोड ६ लाखको नीति तथा कार्यक्रम ल्याई बजेट ल्याएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै कविलासी नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा नीति तथा कार्यक्रम गर्न रु।५६ कारोड, ६२ लाख ,९८ हजार, ८ सय ५६ रुपैया बजेट बिनियोजन गरेको नगर प्रमुख कौशल किशोर यादबले जानकारी दिए ।कविलासी नगरपालिकाले आन्तरिक राजस्वबाट रु १ करोड ५ लाख, नेपाल सरकार वित्तीय समानीकरण अनुदानबाट रु १२ करोड ८२ लाख, सर्शत अनुदानबाट १८ कारोड ४८ लाख, राजस्व बाँडफाँडबाट रु। ८ करोड ३८ लाख, ६ हजार ३ सय ६०,प्रदेश सरकारबाट समानीकरण अनुदान रु ७३ लाख ३७ हजार, शसर्त अनुदान रु ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, सवारी साधन करको बाँडफाँड रु ४२ लाख १५ हजार, बहुक्षेत्रिय पोषण कार्यक्रमबाट रु १४ लाख १६ हजार, सडक बोर्ड नेपालबामट रु ३० लाख, घर जग्गा रजिष्ट्रेशन दस्तुर रु २० लाख , जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा समाजिक सुरक्षा कार्यक्रमबाट रु ११ करोड र गत आ।व। ०७५÷७६ को मौज्दाँत रु १ करोड ८० लाख २४ हजार ४ सय ९६ रुपैया र ३१ पैसा रहेको कविलासी नगरपालिका उप मेयर राधा देबीले बताए ।

यसैगरी मलंगवा नगरपालिकाको छैटौ नगरसभा आर्थिक वर्ष २०७७र०७८ को लागि प्रस्तावित ५५ करोड ४३ लाख ७२ हजार बजेटको निति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।
स्थानिय तहरुले कोभिड १९ को संक्रमण लगायतका महामारी र विपदबाट नागरिकको जीवन जीवन रक्षा गर्दै जनजिवनलाई सहज र सुरक्षित बनाउने,उपलब्ध श्रोत साधन ,क्षमता र अवसरको उच्चतम परिचालन गरि रोजगारीको अवसर श्रृजना गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने,चालु आ।व का अधुरा वार्षिक योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिई सम्पन्न गर्न ।दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्य गर्ने ।सामाजिक ,आर्थिक र पुर्वाधार विकास मार्फत नगरवासीहरु तथा गाउँवासीहरुको जीवनस्तर माथि उठाउने ,संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने र असल शासन प्रवर्द्धन गरि स्थानीय सेवा प्रवाह प्रभावकारी बनाउने बजेटमा योजना समेटेको छ ।
यता हरिपूर्वा नगरपालिकामा बिकास निर्माणको काम ढिलो शूरुवात गरेको कारण १० गते भित्रै नगरसभा समपन्न गर्न नसकेपनि नगरसभाको तयारी भैसकेको र अषाढ २० गतेको भित्रमै निती तथा कार्यक्रम प्रस्तुत गरिने हरिपूर्वा नगरपालिकाको प्रशासकिय प्रमुख सकलदेव रायले वताउनुभयो ।

Comments
Loading...