यस बर्षको रक्षा बन्धनको शुभ मुहर्त

ज्योतिष कृष्णकान्त शास्त्रीय

रक्षाबन्धनका विषयमा —
अथ रक्षाबन्धनम्
´´रक्षाबन्धनमस्यामेव पूर्णिमायां भद्रारहितायां त्रिमुहूर्तोदयव्यापिन्यामपराह्णे प्रदोषे वा कार्यम्। उदये त्रिमुहूर्तन्यूनत्वे पूर्वेद्युर्भद्रारहिते प्रदोषादिकाले कार्यम्। इदं ग्रहणसङ्क्रान्तिदिने Sपि कर्तव्यम्।“
धर्मसिन्धुःसुधा-१२७ , ध•सि• हेम-१४५
श्रावणशुक्ल पूर्णिमाका दिन ३ मुहूर्तव्यापी पूर्णिामा भएमा भद्रापछि रक्षबन्धन गर्नुपर्दछ। ३ मुहूर्त भन्दा घटी पूर्णिमा भएमा अघिल्ला दिनमा नै भद्रापछि अपराह्णकालमा वा प्रदोषकालमा भएपनि गर्नुपर्दछ। यस दिन ग्रहण परेपनि सङ्क्रान्ति परेपनि रक्षाबन्धन गर्नुपर्दछ।
विश्वविद्यालय पञ्चाङ्ग अनुसार यसवर्ष २०८० भाद्र १४ गते श्रावणशुक्ल पूर्णिमा ५•२८ घडी मात्र भएकोले ३ मुहूर्त भन्दा कम्ती भएको हुँदा त्यसदिन रक्षाबन्धन गर्न भएन। त्यसैले भाद्र१३ गते चतुर्दशीका दिन ११•३८ घडी १०•१९ बजेपछि पूर्णिमासँगै भद्रा सुरुभएर रातको ९•०५बजेसम्म भद्रा रहने हुँदा १३ गते रातको ९•०५ बजेपछि रक्षाबन्धन गर्नुपर्दछ।
यो शास्त्रीय कुरा भयो।

## अब व्यवहारिक कुरा– ##

रक्षाबन्धन कर्म २ प्रकारको हुन्छ।

१- धेरै जसो वैदिक कर्मका अङ्गकारूपमा गरिने अङ्गरूप रक्षाबन्धन , जसलाई कर्मसमाप्त भएपछि यजमानका हातमा बाँन्धिन्छ ,जसकालागि भद्रा आदिको विचार गर्नुपर्दैन , कर्मको समाप्ति नै त्यस रक्षाबन्धनको काल हुन्छ।

२-दोस्रो श्रावणशुक्ल पूर्णिमाकादिन जसको एउटा नाम नै रक्षाबन्धनपूर्णिमा भनिन्छ , त्यो रक्षाबन्धन अङ्गकारूपमा नभएर अङ्गीकारूपमा अर्थात् प्रधानरूपमा रक्षाबन्धन गरिन्छ। जसकालागि कम्तिमा तीन प्रहर पूर्णिमाभएको हुनुपर्छ र जसलाई भद्राको घडी कटाएर मात्र रक्षाबन्धन गर्नुपर्दछ।
यस वर्ष श्रावणशुक्लपूर्णिमा २०८० भाद्र १४ गते ५•१८ घडी मात्र हुँदा ३ मुहूर्तभन्दा कम्ति न भएकोलले त्यसदिन रक्षाबन्धन गर्न शास्त्र सम्मत रहेको देखिन्छ।
ज्यो. कृष्णकान्त शास्त्री

Comments
Loading...