सर्लाही हरिपूर्वा नगरपालिकामा अति आबश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा बन्द

मुकेश झा – १३ भाद्र २०७७ शनिबार

सर्लाही – प्रदेश २ मा बढ्दै गएको कोरोना संक्रमणबाट जोगिन सर्लाहीको हरिपूर्वा नगरपालिकाले स्वास्थ्य सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

हरिपूर्वा नगरपालिकाका नगर प्रमुख सियाराम रायको अनुसार नगरपालिकाको बिपद व्यबस्थापनको निर्णय अनुसार कोरोना भाईरसको संक्रमण तिब्रताका साथ पैmलिदै गएको जोखिम अवस्थालाई मध्यनजर गर्दै आउदोँ १ हप्ता सम्मका लागि स्वास्थ्य सेवाबाहेक नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख छ । साथै शनिबार देखि हरिपूर्वा नगरपालिका भित्र रहेको औषधी पसल बाहेक सबै किराना पसल,अन्य पसल,बजार,ब्यबसायहरु बिहान ७ बजे देखी ९ बजे सम्म र साझँमा ४ बजे देखि ६ बजे सम्म भौतिक दुरी कायम गरि संचालन गर्न पाइने छ । ताकिएको समय बाहेकको समयमा पसल खोलेमा आबश्यक र्काबाही र दण्ड जारिबाना गरिने भएको ले आफु र आफ्नो पबिारको रक्षाको लागी घरमा बस्न समेत नगर प्रमुखले सम्पूर्ण नगरबासी संग आग्रह गर्नुभएको छ ।

यसअघिनै जिल्ला प्रशासन कार्यलय सर्लाहीले तेस्रो चरणको निषेधाज्ञा भादौ १४ गते सम्मको लागी गरिसकेको छन । हरिपूर्वा नगरपालिका भित्र रहेको बैंक तथा बितिय संस्थाको सम्बंधमा जिल्लाको निर्णय अनुसार नै संचालन गर्न नगर प्रमुख सियाराम रायले बताउनुभयो ।

Comments
Loading...