शाल्ट ट्रेडिग सर्लाही ले छिट्टै युरिया मल आफ्ना डिलर सहकारीलाई उपल्बध गराउने

लोकप्रिय समाचारदाता १३ भाद्र २०७७

सर्लाही । धान खेती शुरुवात देखि नै युरीया मल नपाउदा किसानको धान खेती नै बिग्रीरहेको बेला शाल्ट ट्रेडिगं कर्पोशन लि. मलगंवा शाखाले यसै हप्ता देखि युरीया मल सहकारी स्रस्थालाई बितरण गर्ने तयारी भइरहेको शाखा प्रमुख सजिंव झाले बताउनु भयो ।
अहिले प्रयाप्त मात्रामा मल न आए पनि छिट्टै नै त्यसको बयबस्थापन गरि यस शाल्ट ट्रेडिगं मलंगबामा आबद्ध जिल्लाभरिको डिलरहरुलाई सामानुपातिक हिसाबले मल बितरण गरिने शाखा प्रमुख सजिंव झा ले बताउनुभएको छ । झा को अनुसार शाल्ट ट्रेडिगं कर्पोरेशन सर्लाही शाखाले आर्थिक बर्ष २०७६–०७७ को जेठ मसान्त सम्ममा ५७ हजार ३ सय ३६ युरिया,५४ हजार ४ सय ९६ डिएपि,२ हजार ७ सय ३६ बोरा पोटास बितरण गरिसेको छन । यस पाली कारोना भाइरस र लकडाउनको कारण मल नेपाल भित्रयाउन न सकेर किसानलाई बेलैमा युरिया मल उप्लबध गराउन नसकिए पनि अब बिस्तारै समस्या समाधान हुदै जाने बताउनु भएको छ । हाल नेपालमा अनुदानित मल बिक्री को लागी कृषी समाग्री कमपनी लाई ७० प्रतिशत र शाल्ट ट्रेडिगं लाई ३० प्रतिशत अधिकार दिए पनि सर्लाहीमा शालट ट्रेडिगं कै भरमा किसान को खेति भैरहेको जय गणराज साना किसान कृषी सहकारी संस्थाको अध्यक्ष गणेश कुमार यादबले बताएको छन ।

Comments
Loading...