स्कारपियो र मोटरसाइकल एक आपसमा ठोकिद  दुईको मृत्यु

लोकप्रिय समाचारदाता

फागुन १५ सर्लाही । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको  कौडेना गाउँपालिका–३, मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा ठोकिद  दुई युवकको ज्यान गएको छ ।

राति साँढे ८ बजेतिर भएको दुर्घटनामा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र त्यही ठाउँका १९ वर्षीय अजय महतोको ज्यान गएको डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी    दिए । घाइते दुवै युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कौडेना र मुसैलीको बीच भागमा मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको डीएसपी थारुले जनाए ।

दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएपनि त्यसका चालक भने फरार छन् । उनको खोजी भइरहेको डीएसपी थारुले बताए । सर्लाहीमा केही दिन यता दिनहु सबारी दुर्घटना हुने गरेको छ ।

भर्खरै कालोपत्रे भएको सर्लाहीको हुलाकी सडकमा भारतिय गाडिको बिगबिगी , तीव्र गति र चालकले लापरवाही गर्दा दैनिकजसो सवारी दुर्घटना हुन थालेका छन् ।

Comments
Loading...