स्थानिय परियोजना सल्लाहकार समिती गठन

मुकेश झा

मसिंर ११ हरिपूर्वा । बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप परियोजना तथा एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत सर्लाहीको हरिपूर्वा नगरपालिकामा स्थानिय परियोजना सल्लाहकार समिती गठन भएको छ ।


वलर््डभिजन इन्टरनेशनल नेपाल वागमती सेवा समाज राष्ट्रिय रोजगार पर्वद्धन केन्द्र को सयुंक्त साझदारी तथा हरिपुर्वा नगरपालिकाको सम्वन्यमा आज सर्लाहीको हरिपूर्वा नगरपालिकामा नगर प्रमुख बिनोद कुमार साहको अध्यक्षतामा प्रशासकिय अधिकृत कुमार परियार सदस्य सचिव तथा उपप्रमुख सुमिन्त्रा देवी ग्वारीन सहित वडाध्यक्षहरु सदस्य रहने गरि समिती गठन गरिएको बागमती सेवा समाजको कार्यक्रम संयोजक प्रमेश बादेले जनाए ।


कार्यक्रममा बागमती सेवा समाज तथा राष्ट्रिय रोजगार पर्वद्धन केन्दले २०२४ मा हरिपूर्वा नगरपालिका भित्र गरिने विभिन्न कार्यक्रम तथा बजेटको बारेमा कार्यक्रम संयोजक प्रमेश बादे तथा रामकुमार यादवले आ–आफ्नो प्रस्तुतिकरण सार्वजनिक गर्नुभएको छ । बागमती सेवा समाजले बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप परियोजना अन्र्तगत १ करोड २८ लाख ३४ हजार ७ सय २४ रुपैया खर्चिने छ भने राष्ट्रिय रोजगार पर्वद्धन केन्दले ३ करोड २५ लाख ३९ हजार ८ सय ७५ रुपैया बराबरको कार्यक्रम गर्ने सार्वजनिक गरेको छ ।


कार्यक्रममा हरिपूर्वा नगरपालिकाको नगर प्रमुख,उप प्रमुख,वडाध्यक्षहरु,नगरपालिकाका कर्मचारीहरु,पत्रकार वालबालिका सहितको उपस्थिती रहेको थियो ।

Comments
Loading...