अन्तरपालिका विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सप्पन्न

मुकेश झा

मंसिर ०६ हरिपुर्वा । सर्लाहीको  हरिपुर्वा नगरपालिकाको केश्वर गरिब जनता मा बि को प्रांगणमा ३४औ अन्तरास्ट्रिय बाल अधिकार दिवसको अवसरमा अन्तरपालिका विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ४ सय मिटर दौड, घैटो फुटाउने तथा लंग जम्प खेल बालबालिकाको सहभागितामा सप्पन्न भएको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र बागमती सेवा समाजको साझेदारी हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिकाको सहयोग तथा हरिपुर्वा नगर बाल संजालको आयोजनामा सप्पन्न खेलकुद प्रतियोगितामा १८ जना बालबालिकाले विभिन्न खेलमा पुरस्कार तथा सम्मानित भएको बागमती सेवा समाजको कार्यक्रम संयोजक प्रमेश बादेले जनाए ।


नगर बाल संजालको अध्यक्ष अंगेश कुमार साहको अध्यक्षतामा सप्पन्न कार्यक्रमको प्रमुख आतिथिको रुपमा हरिपुर्वा नगरपालिका वडा ५ को वडाध्यक्ष बिजय भुषण प्रसाद रहनु भएको थियो, कार्यक्रमको आतिथिहरुमा हरिपुर्वा नगरपालिकाको प्रशासकीय अधिकृत कुमार परियार , शिक्षा शाखा प्रमुख जनक काफ्ले, वडा ८ को वडाध्यक्ष रामेश्वर यादब, बागमती सेवा समाजको कार्यक्रम संयोजक प्रमेश बादे, शिक्षक तथा बालबालिकाको सहभागिता रहेको थियो ।


खेल अनुसार बिजेताको नाम र विद्यालय
२०० मिटर बालिका दौड तर्फ
प्रथम – पिंकि साह ( पर्सा माबि )
दोस्रो- रुबि साह ( के ग मा बि हरिपुर्वा)
तेस्रो – सपना यादव (राम जानकि बसंतपुर)


४०० मिटर दौड बालक तर्फ
प्रथम – शसि यादव ( के ग मा बि हरिपुर्वा)
दोस्रो- कमलेश यादव( रामजानकी माबि बसंतपुर)
तेस्रो- समिर साफि ( नेराबैजु संग्रामपुर)


घैटो फुटाउने तर्फ
प्रथम – स्मृति साह(के ग मा बि हरिपुर्वा)
दोस्रो – नेहा कुमारि (पर्सा माबि )
तेस्रो- साक्षि महतो ( नेराबैजु संग्राम्पुर)


लंग जम्प तर्फ
प्रथम – गौतम यादब,मुनिता साह ( के ग मा बि हरिपुर्वा)
दोस्रो-अभिशेख राउत, पिंकि साह (पर्सा माबि )
तेस्रो – अभिशेख मंडल,सृजना कर्ण (रामजानकी बसंतपुर)

Comments
Loading...