स्थानीय निर्वाचनमा महिलाको सहभागिता बारे प्रदेश स्तरिय संचारकर्मीको भूमिका सम्बन्धी अन्तरक्रिया

रबिन्द्र ठाकूर

गैर सरकारी संस्था माण्डवीको आयोजनामा आगामी स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक सहभागितामा संचारकर्मीहरुको भूमिका सम्बन्धी प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । चन्द्रनिगाहपुरको होटल गौतमको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी संचारकर्मीहरुले राजनीतिमा लागेका  महिलाहरुको क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।

सहभागीहरुले वर्तमान अवसरमा महिला नेतृत्वमा क्षमता विकास भएको भएपनि आफ्नो अधिकार,क्षमता,नेतृत्वदायिक भूमिकाबाट विमुख भएको अवस्थामा आफ्नो हक अधिकार तथा नेतृत्वका लागि सक्षम बनाउन आफुले पनि पहल गर्नुपर्ने  बताएकाे छन  । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महिला सहभागिता बढाउने तर्फ राज्यपनि गम्भीर हुन आवश्यक रहेको छ । महिलाहरुको क्षमतावृद्धि, राजनीतिमा सहभागिता लगायतको विषयमा पुरुषहरुको समेत उत्तिकै दायित्व र जिम्मेवारी हुने भएकोले पुरुषहरुले पनि महिलाहरुलाई साथ लिएर अगाडि बढ्नुपर्ने बिषयमा छलपफल भयाे ।

सहभागीहरुमध्ये सर्लाही र रौतहटका सहभागीले महिलाहरुलाई राज्यले ५०-५० प्रतिशतको राजनीतिमा सहभागिता सुनिश्चित गरे महिलाहरु अगाडि आउन सफल हुनेमा विश्वास व्यक्त गरे । राज्यले बाध्यकारी अवस्था नबनाउने हो भने अझै पनि महिलाहरु राजनीतिमा सधै पुरुषले दिएको पदमात्र धारण गर्न सक्ने अवस्थामा रहने तर्क प्रस्तुत गरे । राज्यले आरक्षण गरेको भन्दा बढी प्रतिनिधित्व गर्नका अझै राजनीतिक दल उदासिन देखिएकोले त्यसालाई कडाईकासाथ लागु गर्न राज्यले ठोस पहल गर्नुपर्ने धारणाराखेकाे थियो ।

सहभागीले पुरुष प्रधान देशमा महिलाहरुलाई समान अधिकार दिनु सहज नभएपनि विस्तारै यसमा महिला सहभागिता बढाउने तर्फ सवै संचारमाध्यमले विषयवस्तु उठान गरेर धारणा बनाउन सकिने बताए । अन्तरक्रिया कार्यक्रममा आयोजक माण्डवीका महासचिव अंजु झा ले महिलाहरु सक्षम भएपनि दल तथा पुरुषप्रधान देशमा अधिकार लिन र क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गर्न कठिन भएको बताइन् ।

उनले अब विस्तारै महिलाहरु पनि नेतृत्वदायी भूमिकामा पुग्ने बाटो खुलेकोले त्यसैलाई टेकेर अब महिलाहरु राजनीतिमा अगाडि बढ्ने र उनीहरुको क्षमतालाई समेत अभिबृद्धि गर्न राज्यले ठोस योजना ल्याउनुपर्ने बताइन् । कार्यक्रममका बारेमा माण्डवीका कार्यकारी निर्देशक सन्तोष कुमार महतोले माण्डवी महिला शसक्तिकरण, क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा अग्रस्थानमा रहेर काम गरेको बताएका छ्न् । कार्यक्रममा मधेश प्रदेशका ५ वटा जिल्लाका ३० जनाभन्दा बढी संचारकर्मीहरुको सहभागिता रहेको माण्डवीका कार्यक्रम संयोजक दिपेन्द्र ठाकुरले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा बरिष्ट पत्रकार चन्द्रकिशोरले सहभागी पत्रकारहरु सगं महिला नेतृत्व सम्बन्धी बिशेष छलफलमा सहयोग गर्नुभएको थियो ।

Comments
Loading...