हरिपूर्वा नगरपालिकाको आफ्नै जग्गामा शिलान्यास सम्पन्न

मुकेश झा हरिपूर्वा २०७८-१२-१४

हरिपूर्वा – सर्लाहीको सदरमुकाम पूर्वमा पर्ने हरिपूर्वा नगरपालिकाको अज एक कार्यक्रम बिच नगरपालिका भवन र्निाणको लागी निःशुल्क रुपमा प्राप्त भएको जग्गामा नगरप्रमुख सियाराम राय द्वारा शिलान्यास सम्पन्न भएको छ ।

भाडाको घरमा संचालन हुँदै आईरहेको नगरपालिकालाई आफ्नै प्रशासनिक भवन निर्माण गर्न हरिपूर्वा नगरपालिका–५, का गंगासागर र लालबाबु यादवले जग्गा दान गरेका हुन् । उनीहरु दुवैजनाले वडा नं। ५ मै ६÷६ कठ्ठा जग्गा उपलब्ध गराएको नगर प्रमुख शियाराम रायले जानकारी दिए । उनका अनुसार नगरपालिका कार्यालयलाई करिव ४० लाख रुपियाँ बराबरको १२ कठ्ठा जग्गा प्राप्त भएको हो ।

आज सम्पन्न शिलान्यास भएको जग्गा गंगासागर र लालबाबु दुवै जनाले मालपोत कार्यालय मलंगवामा जग्गा रजिष्टे«सन पास गरेर नगरपालिकालाई लालपूर्जा प्रदान गरिसकेका नगरप्रमुख रायले बताए । नगर प्रमुख रायका अनुसार नगरपालिकाको भवन निर्माणका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपियाँ बजेट विनियोजन गरिसकिएको छ ।

आफ्नो भवन नहुँदा नगरपालिका कार्यालय हाल हरिपूर्वा बजार स्थित व्यक्तिको घर भाडामा संचालन भइरहेको छ । सर्लाहीका २० वटा पालिकामध्ये हरिपूर्वा नगरपालिका, गोडैता नगरपालिका र बसबरिया गाउँपालिका भाडाको घरबाट संचालन भइरहेका छन् ।
शिलान्यास कार्यक्रममा निर्वाचित जनप्रतिनिधी,बिभिन्न राजनितिक पार्टीको प्रतिनिधी तथा स्थानिय निर्वाचन २०७९ मा उमेदवारी दिने भावि उमेदवार हरुको उपस्थिती रहेको थियो । जग्गा दाता द्वय लाई नगर प्रमुख रायले दोस्ल्ला ओढाएर सम्मान समेत गर्नु भएको छ ।

Comments
Loading...