हरिपुर्वाको अग्नि पिडितलाइ राहत सहयोग

बिबेक कुमार यादब

बैशाख २८ हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिका -५ धोबियाही टोलमा बैशाख १३ गते भएको आगलागी घटनामा पिडितलाइ राहत सहयोग गरिएको छ ।
बागमती सेवा समाज नेपाल हरिवन र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) मलंगवा र वल्र्ड भिजनको सहयोगमा आज धोबियाही टोलका ५ घरपरिवार लाई विभिन्न राहत सहयोग बितरण गरिएको हरिपुर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साहले लोकप्रिय आवाजलाइ जानकारी गराउनु भएको छ ।


एक परिवारलाई १२हजार ५ सय बीस रुपैयाँ बराबरको राहत सामग्री दिइएको छ । प्रत्येक परिवारलाई २५ केजी चामल, ३ केजी दाल ३ किलो, तेल, २ लिटर, २ केजी चिनी, २ केजी नुन, NFI KIT १ थान , टिसर्ट, टिपिन ट्रायकसुट, स्कुल ब्याग १-१ थान, र एक थान शैक्षिक सामग्री प्रदान गरिएको बागमती सेवा समाज नेपालका भरतकुमार कार्कीले जानकारी दिनुभयो ।
हरिपुर्वा नगरप्रमुख बिनोद कुमार साह तथा वडाध्यक्ष बिजय भूषण प्रसाद साहको उपस्थितमा राहत समाग्री अग्नि पिडितलाइ प्रदान गरिएको छ ।

Comments
Loading...