हरिपूर्वा कालीका स्थानमा भइरहेको सिताराम जाप नवाह आज समापन हुदै

मुकेश झा २०७८ असोज २८

बिभिन्न मठ मन्दिरले सुसोजित हरिपूर्वा नगरपालिकाको बिभन्न वडामा रहेको देवि स्थान तथा मन्दिरहरुमा बिजया दशमीको अबशरमा सिताराम नाप जाप महायज्ञ नवाह भइरहेको छ । यसै अबशरमा असोज १९ गते मगंलबार शुरुवात भएको कालिका स्थानको नवाह आज ५ बजे सम्मेलन हुन गइरहेको नवाहको यज्ञी रामचरण राय(राम बली राय)ले जानकारी गराउनु भयो ।


परा पुर्वकाल देखि हरिपूर्वा नगरपालिकामा बिजया दशमीको वेला मुर्ती पुजन नभइ सिताराम नाम नवाह हुने गरेको नगर प्रमुख सियाराम रायले बताउनु भयो । दशैं को शूरुवात भए देखि हरिपूर्वा नगरपालिकाको वडा १ परमहंश मन्दिर,वडा नम्बर ३ धनकौलको महरानी मन्दिर,वडा नम्बर ४ डुमरियाको महरानी मन्दिर,वडा नम्बर ६ स्थित काकिा मन्दिर,त्यस्तै बसंतपुर को बिभिन्न मन्दिर लगायत नगरभरि भित्र आधा दर्जन भन्दा बढि स्थानमा सिताराम नाम जाप महायज्ञ भइरहेको छ ।


कालिका स्थानमा दशैको वेला बलि प्रदान हुनेभएकोले त्यसलाई मध्य नजर गरिदै नवमीकै नवाह बिर्सजन गरिने त्यारी रहेको पुजा समितीको अध्यक्ष सियाराम रायले बताउनुभयो । यस नवाह यज्ञमा हरिपूर्वा नपा ६ बस्ने रामचरण राय(राम बली राय)१० दिन सम्म फलफुल मात्र खाएर काली जी तथा नवाह यज्ञमा बस्नुभएको छ ।

Comments
Loading...