नगरपालिका मार्फत बितरण हुने समाग्री बुझ्ने व्यक्तीको तिन पुस्ते बिबरण सुचनापाटीमा राख्नु पर्ने माग

मुकेश झा

सर्लाहीको हरिपूर्वा नगरपालिकामा एक युवाको समुहले नगरपालिका बाट खरिद तथा बितरण कार्यमा सेवाग्राहीको ३ पुस्ते बिबरण सहित सुचनापाटीमा टास्नुपर्ने माग सहित ५ बुदें ज्ञापनपत्र हरिपूर्वा नगर प्रमुख सियाराम रायलाई बुझाएको छ ।

हरिपुर्वा नगरपालिकाको आ ब २०७८।०७९ मा नगरसभा बाट पारित भएको ९ वटै वडा तथा नगरस्तरिय योजनाहरुमा खाद्यान,कम्बल,कपडा,झुल,औषधी, चापाकल,कृषी समाग्री जिन्सी समानहरु , नगद सहतिको बितरणमा प्राथमिक्तामा पर्ने लाभाग्राहीहरुको तिन पुस्ते बिबरण सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको सुचनापाटीमा टास्नुपर्ने बताबरण बनाइदिन हुन जनप्रतिनिधी सहित सम्बन्धित कर्मचारीलाई ध्यानार्कषण गराएको स्थानिय युवा बिरेन्द प्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

त्यस्तै उक्त ज्ञापन पत्र मार्फत नगरसभा बाट आ ब २०७८।०७९ स्वीकृत बजेट तथा कार्यक्रमहरु वेबसाइट मार्फत सार्बजनिक गर्नुपर्ने,आन्तिरीक लेखा परिक्षणको चौमासिक प्रतिबेदन वेबसाइट मार्फत सार्बजनिक गर्नुपन,करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुको बिबरण वेबसाइट मार्फत सार्बजनिक गर्नुपर्ने ,अन्य सार्वजनिकरण गरिनुपर्ने सम्पूर्ण बिबरणहरु वेबसाइट मार्फत सार्बजनिक गर्नुपर्ने सहित माग गरिएको अर्को युवा अबिनाश यादबले बताए ।

Comments
Loading...