हरिपूर्वा नपामा एक युवा शंकास्पद अवस्थामा रुखमा झुण्डिएको अवस्थामा मृत फेला, हत्याको अशंका

लोकप्रिय समाचारदाता पौष १३ २०७८

सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज बिहान शंकास्पद अवस्थामा एक युवा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।
सर्लाहीको हरिपूर्वा नपा ५ स्थित रहेको जिगंडवा जाने बाटोमा गाउको नजदिकै राज खाजा घर होटेल व्यवसाय खोलेको हरिपूर्वा नगरपालिका ५ बस्ने भरत रायको छोरा अन्दाजी ३४ को मनोज यादब आज बिहान आफैले संचालन गरेको होटेल नजदिक रहेको आमको रुखमा शंकास्पद अबस्थामा झुन्डिएको अबस्थामा मृत रहेको बेला मोरनिगं वाकमा गएको व्यक्तिले हेरेपछि प्रहरीलाई जानकारी गराएको हरिपूर्वा प्रहरी चौकीको इन्चार्ज ले बताए ।
आमको सानो वोटमा आफैले झुन्डिन नस्क्ने ठाउमा र घटना स्थलको स्वरुपले कसैले बाहिर बाट मारेर झुन्डियाएको हुन सक्ने स्थानिय युवा तथा समाजसेवी बिरेन्द्र यादवले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलि ले घटना स्थलमा पुगी मुचुल्का उठाएर पोष्टमार्डमको लागी जिल्ला अस्पताल मलंगवा पठाएको र यो हत्या वा आमहत्या हो बिषयमा सुक्ष्म तरिकाले अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...