हरिपूर्वा नपामा विभिन्न कार्यक्रमको साथ बाल दिवस मनाइयो

मुकेश झा २९ भदौ २०७९

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षाको प्राविधिक सहयोग र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा हरिपूर्वा नपा ६ को आयोजनामा आज सर्लाहीको हरिपूर्वा नपा – ६ स्थित रहेको रामजानकी अधारभुत विद्यालय हरिपूर्वा नपा सर्लाहीमा बालमैत्री समाजको अधार जिम्मेबार परिवार उत्तरदायी सरकार नाराको साथमा ५८औ राष्ट्रिय बाल दिवसको अवसरमा ¥याली पर्दशन तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरि मनाएको छ ।


विद्यालय बाट निकालिएको ¥याली बालबालिकाहरुले छोरा छारी लाई समान व्यवहार,बालशोषण अन्त गरौ, सहित विभिन्न नाराको साथमा नगर परिक्रमा गरेको छ । वडा नम्बर ६ को वडाध्यक्ष रामसोगारथ रायको नेतृत्वमा निकालिएको ¥यालि तथा हाजिरिजवाफ प्रतियोगितामा विद्यालयको प्रअ,शिक्षक,वाल अधिकार कर्मी,पत्रकार सहित को उपस्थिती रहयो ।

Comments
Loading...