आरआरपिके र वागमती सेवा समाज सर्लाही ले गरेको कार्यको जिल्लास्तरिय अनुगमन सम्पन्न

लोकप्रिय अवाज समाचारदाता

सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिका अन्तर्गत र्वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा वागमती सेवा समाज नेपाल र आर आर पिके ले यस पालिकाहरुमा चलाइरहेको विभिन्न परियोजनाहरु जस्तै वालबिबाह, बालमैत्री, वाल संजाल तथा सिकाइ परियोजनाहरुको संयुक्तरुपमा जिल्ला स्तरिय अनुगमा सम्पन्न भएको छ ।


जनता मा वि पर्सा ५ को तालिम हलमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा वागमति सेवा समाज नेपाल को कार्यक्रम सयोंजक प्रमेश बडे ले हरिपूर्वा नगरपालिका तथा पर्सा गाउपालिकामा विगतमा संचालन भएको विभिन्न तालिम, अति जोखिममा परेको वालवालिका लाई समाग्री बितरण,पालिका स्तरिय बालमैत्री तथा बाल संजाल गठन, विद्यालय पोषण तथा तालिम,किशोरीहरु लाई प्रजनन तालिम,घटना व्यवस्थापन तालिम सहित को कार्यक्रम गरेको र यस कार्यक्रमबाट बालबालिकामा राम्रो बिकास भएको बताउनुभयो । त्यसतै आर आर पिके बाट सिकाइ परियोजना को कार्यक्रम संयोजक नागेन्द्र साहले कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भयो ।


अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित बालबालिकाले यस्ता तालिम तथा कार्यक्रमहरु बाट हामी निकै नै प्रभावित भएको र अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको अपेक्षा राखेको पिंकी शर्माले वताइन ।


जिल्ला स्तरिय अनुगमन मा जिल्ला प्रशासन प्रमुख थानेश्वर गौतम, जिल्ला प्रहरी प्रमुख प्रविण पोखरेल,जिल्ला समन्वय समिती उप प्रमुख जितेन्द्र कुमार महतो, आर आर पि के को अध्यक्ष गायत्री महतो ,वागमती सेवा समाज नेपालको अध्यक्ष भरत कुमार कार्की,जनता मावि र्पसाको प्रअ राजकिशोर राय, वडा नम्बर ५ को वडाध्यक्ष अनिल कुमार यादव, सहितको सहभागित थियो ।

Comments
Loading...