Warning: session_start(): open(/tmp/sess_vv2rftt9vv78iuirfjccidvff3, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
हरिपूर्वा नपा – ३ स्थित धनकौलमा एक बृद्धले छातीमा जमरा उमारियो, र्दशनार्थीको भिड – lokpriyaawaj

हरिपूर्वा नपा – ३ स्थित धनकौलमा एक बृद्धले छातीमा जमरा उमारियो, र्दशनार्थीको भिड

मुकेश झा २०७७ कार्तिक ०७

सर्लाही, ७ कात्तिक । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापना देखिनै निहार ब्रतबसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ ।
घटस्थापनादेखी विधिवत रुपमा पुजापाठ गरेर हरिपुर्वा–३ धनकौल स्थित रहेको महरानी स्थान मन्दिरको प्रांगनमा स्थानिय ७० वर्षिय वृद्ध महिन्द्र रायले छातीमा जमरा उमार्न कलश सहित र्निजल उपवास बस्नुभएको छ ।

मन्दिर प्रांगनमा राय आफु सुतेर छाती माथी कलश राखेर जमरा उमार्नुभएको छ । छातीमा जमरा उमार्न मन्दिर परिसरमा सुतेर बस्नुभएका रायलाई हेर्न गाउँलेहरुको भिडनै लाग्ने गरेको छ । उहाँले पहिलो चोटी छातीमा जमरा उमार्नुभएको छ ।

छातीमा जमरा राख्नकै निम्ति १० दिनदेखि केही नखाई ब्रत बस्नुभएको रायले घटस्थापना देखिनै निहार ब्रत बस्नुभएको हरिपुर्वा नगरपालिकाका मेयर सियाराम रायले जानकारी दिनुभयो । ‘रायले नौँ दिनसम्म केही नखाने बताउनुभएको छ, केही खायो भने दिशा पिसाब लाग्छ’,– उहाँले भन्नुभयो ‘कण्ठ भिजाउने मात्र गरिन्छ, कण्ठ नसुकोस भनेर प्रत्येक दिन कपासले दुई तीन बुन्द दुधले कण्ठ भिजाउने गरिन्छ ।’

धनकौलको महरानी स्थानको मन्दिरमा घटस्थापना देखि नै नवाह यज्ञपनि भईरहेको छ । दशैंको समाप्तीपछि यज्ञको पनि समापन गरिने र रायले ब्रतपनि तोडिने स्थानियहरुले जनाएका छन् ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_vv2rftt9vv78iuirfjccidvff3, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0