४ राउण्ड अवैध गोली सहित २ जना पक्राउ

चन्दन कुमार मिश्रा

फागुन २७ सर्लाही । सोल्टीबाट ४ राउण्ड गोलीसहित दुईजना पक्राउ ।। सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टीबाट ४ राउण्ड गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मंलगवा नगरपालिका १ बस्ने वर्ष २१ को पोसन महरा राम र बागमती नगरपालिका ८ बस्ने वर्ष २४ का रंजित राम रहेका प्रहरीले जनाएको छ । बागमती नगरपालिका –१० सोल्टी नहरमा अस्थायी प्रहरी चौकी सोल्टी र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको सादा पोसाकका प्रहरी समेतको टोलीले चेक जाँच गर्ने क्रममा ४ राउण्ड गोली सहित उनीहरुलाई पक्राउ गरेको हो । सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीले शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डव्लु ५८८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार व्यक्तिसँग ४ राउण्ड अवैध गोली फेला परेको जानकारी दिनुभयो । उहाँले घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

Comments
Loading...