विभिन्न कार्यक्रमका साथ ११४ औ अन्तरास्ट्रिय महिला दिबस मनाइयो

चन्दन कुमार मिश्रा

फागुन २५, विभिन्न  कार्यक्रम गरि सर्लाहीकाे ब्रहम्पुरी र पर्सामा ११४ औ अन्तरास्ट्रिय महिला दिबस मनाइएकाे छ ।
“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” भन्ने मूल नाराको साथ ब्रहम्पुरी र पर्सा गाउँपालिकामा विभिन्न कार्यक्रम गरि ११४ औ अन्तरास्ट्रिय महिला दिबस धुमधामका संग मनाइएकाे हाे |

गाउँपालिकाको आयोजना तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआर.पि.के.), बागमती सेबा सामाज नेपाल र सर्लाही रूपान्तरण अलमुनाई समूहको समन्वय तथा सहकार्यमा सभ्य र समुन्नत समाजको प्रगति र समृद्धिको लागि महिला तथा बालबालिकामा लगानी बिषयक अन्तरक्रिया कार्यक्रम, बालबालिकाहरुको शिक्षामा पहुँच पुर्याउने उदेश्य ले रुपान्तरण अभियन्ताहरु द्वारा चेतना मुलक सडक नाटक, रयाली जस्ता कार्यक्रमहरु गरिएकाे थियाे |
कार्यकमको अध्यक्षता पर्सा गाउँपालिकामा उपाध्यक्ष नुतन देवी मण्डल र ब्रहम्पुरी गाउँपालिकामा उपाध्यक्ष श्यामकला देवी यादव तथा गाउँपालिका अध्यक्ष राम पदारथ साहको प्रमुख आतिथित्वमा भएको थियो ।

त्यसै गरि ब्रहम्पुरी गाउँपालिकामा रुपान्तरण अभियन्ता द्वय रुबी खातुन र पर्सा गाउँपालिकामा पिंकी शर्माले कार्यक्रम सन्चालन गरेका थिए |
अन्तरक्रिया कार्यक्रममा रुपान्तरण कक्षाका भाइबहिनी हरु पनि आफनो मन्तब्य राखेका थिए |


कार्यक्रम मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत उपेन्द्र राउत, वडा अध्यक्ष रघुनाथ साह, महिला बालबालिका शाखा प्रमुख चन्दा यादव र सावित्री पटेल, स्वास्थ्य  शाखा प्रमुख बिबेक कुमार साह, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाह र बागमती सेबा सामाज नेपालको नबल साह, रुपान्तरण अभियानता, बालबालिका, महिला स्वयं सेविका तथा अन्य व्यक्तिहरू को उपस्थिति थियो |

Comments
Loading...