७ हजार ३ सय बालबालिकालाई छाता र पानी बोतल सहयोग

मुकेश झा

साउन २८ हरिपुर्वा । वर्ल्ड  भिजन तथा बागमती सेवा समाज नेपालको सहयोगमा संचालित वाल स्पोन्सरसिप कार्यक्रम अन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका तथा पर्सा गाउपालिकाको ७ हजार ३ सय बालबालिकालाई पठ्न-पाठनकोलागि वर्षायाममा स्कुल जान सहजता हुने उद्देश्यले प्रती बच्चालाई १ थान छाता र १थान पानी राख्ने प्लास्टिक बोतल बितरण गर्ने कार्य आज देखि शुरुआत भएको छ ।


वर्ल्ड भिजनको प्रतिनिधि सीता चौधरी तथा बागमती सेवा समाज नेपालको अध्यक्ष भरत कार्कीले संयुक्तरुपमा आज बालबालिकालाई छाता तथा प्लास्टिक बोतल दिएर कार्यक्रमको शुरुआत गरेको छन। अहिले सर्लाही सहित देशैभरी आँखा पाक्ने रोग फैली रहेको कारण सबै भन्दा बढी बालबालिका नै प्रभावित भएको हुनाले बागमती सेवा समाजद्वारा स्वास्थ्यकर्मी मार्फत बच्चाहरुको आँखा पाक्ने रोग तथा ब्यक्तिगत सरसफाइलाइ मध्यनजर गर्दै स्वास्थ्य न्यूनीकरणकालागि अभिमुखिकरण कार्यक्रम समेत संचालन गरेको कार्यक्रम संयोजक प्रमेश बादेले बताउनु भयो ।

Comments
Loading...