बाल अधिकार संरक्षणको लागि बालबालिका द्वारा नगर प्रमुखलाई ध्यानाकर्षण

रबिन्द्र ठाकुर

सर्लाही,११ भदौ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा बालबालिकाहरुले हरिपुर्वा नगरपालिकाका नगर प्रमुख बिनोद कुमार साहको बाल विवाह न्युनिकरण गराउन ध्यानाकर्षण गराएका छन । सोमवार बाल संरक्षण, बाल सहभागिता तथा बाल बिवाह विरुद्ध बाल क्लबका प्रतिनिधिहरुले नगर प्रमुख साह सँग अन्तरक्रिया कार्यक्रम गरी ध्यानाकर्षण गराएका    हुन । नगर बाल संंञ्जालका सचिव उज्वल साहले हरिपुर्वा नगरपालिकामा करिब ४७ प्रतिशत बालबालिका छन, यस नगर पालिकाले कति प्रतिशत बालबालिकाको हक हितमा बजेट छुट्टयाएको छ, प्रश्न गरे । बाल विवाह बढदो क्रममा छन, कहिले सम्म बाल बिवाह रोकिन्छ सचिव साहले नगर प्रमुख साह सँग प्रश्न गरेका थिए । सचिव साहले नगर प्रमुख समक्ष बाल अधिकार संरक्षण तथा विकासका लागि पर्याप्त बजेट छुुट्ट समेत माग गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सहभागी अन्य बालबालिकाहरुले दाइजोका सम्बन्ध बाल विवाह सँग पनि रहेकोले दाइजो प्रथा रोक्नको लागि बाल विवाह रोक्नलाई एस ई ई पास भए पछि पालिकाले पढाई दिए छिटो बिवाह नहुने सार्थ बाल बिवाह रोक्नमा मदत हुने र सोही कार्यक्रम ल्याउन समेत नगर पालिका सँग माग गरेका छन ।


यसैगरी बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले हरिपुर्वा नगरपालिकामा गरेको कार्यहरुको एक कार्यक्रम गरी समिक्षा गरिएको छ । जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारी, आमा समुह, शिक्षक, बाल क्लबका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम सेविकाहरुको उपस्थितिमा यि दुुई संस्थाहरुले गरेको कार्यहरुको समिक्षा गरिएको छ । वल्र्ड भिजनको साझेदारीमा बागमती सेवा समाज नेपालले स्पोन्सरसीप परियोजना तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रको साझेदारीमा संचालित एकिकृत पोषण तथा उत्थानशिल र सिकाई परियोजनाको समिक्षा गरिएको थियो । दुुई संस्थाको कार्यक्रमहरुको प्रभावकारिता, स्पोन्सरसीपका महत्वपूूर्ण पक्षहरु,बालबालिकाहरुको अर्थपुुर्ण सहभागिता, कार्यक्रमको प्रभावकारिता, समाजिक सदभावको अवस्था के कस्तो रहेको छ भन्ने सवालमा परियोजनाहरुको समिक्षा भएको बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेँले जानकारी किदए ।

Comments
Loading...