८८औ दिनमा खुल्यो हरिपूर्वा नगरपालिकाको ताल्चा

रबिन्द्र ठाकुर

हरिपूर्वा १० असार । विभिन्न ९ बुर्दे माग राख्दै सर्लाहीका हरिपूर्वा नगरपालिकामा ८८ दिन देखि संर्घष समितीद्वारा गरिएको तालाबन्दी आज ५ बुदें सहमति पछि प्रदेश सांसद माननिय जंगिलाल राय, प्रदेश सांसद माननिय कौशल किशोर राय,संघर्ष समितीको सयोंजक बिकाउ राय, हरिपूर्वा नगरप्रमुख बिनोद कुमार साह तथा प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर हुन आउनुभएको निमेष मिश्र लगायत को उपस्थितीमा संघर्ष समितीको सयोंजक बिकाउ रायले नगरप्रमुख को कार्यकक्ष,प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष तथा लेखा शाखाको कार्यकक्षमा लगाएको ताला खोलि पालिकाको कार्यालय आज देखि नियमीत संचालन गर्ने बाटो खोलिएको छ ।

२०७९ चैत्र १५ गते संघर्ष समितीद्वारा तालाबन्दि भएपछि हरिपूर्वा नगरपालिकाको बिकास निर्माणको सम्पुर्ण काम अबरुद्ध भएको थियो । जसकारण सशर्त अनुदानको करिब ३४ करोड भन्दा बढि रकम फ्रिज हुने अवस्थामा पुगेको छ । हरिपूर्वा नगरपालिकामा भएको तालाबन्दि पछि कुनै पनि पैमुख प्रशासकिय अधिकृत हरिपूर्वा आउन नमानेको बेला पहिलो पटक उप सचिवमा नाम निकाल्न सफल प्रमुख प्रशासकिय अधिकृतको रुपमा निमेष मिश्र आज एक कार्यबmमको बिचमा पदस्थापन तथा हाजिरी गरि आज देखि हरिपुर्वा नगरपालिकाको कामकाज अगाडी बढाउनु भएको छ । हाजिर तथा पदस्थापन कार्यक्रममा हरिपूर्वा नगरपालिकाको नथर प्रमुख बिनोद कुमार साह,उप प्रमुख सुमिन्त्रा देवी,वडा नम्बर १ देखी ९ सम्मको वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारी सहितको उपस्थिती रहको थियो ।


हाजिर तथा पदस्थापन भए लगतै हरिपूर्वा नगरपालिका भित्र केन्द्रिय तथ प्रदेश बजेटबाट भइरहेको बिकासको कार्यक्रमहरुको स्थलगत निरिक्षण गर्नुभएको छ ।


के छ त ५ बुदें सहमती
१)९ बुन्दे मागका लागि दुवै पक्षले स्विकार्य गर्ने अधिकार सम्पन्न कार्यदल अन्तरगत नगरपालिका प्रमुखको तर्फबाट १ जना र सर्वदलिय सघंर्ष समितिको तर्फबाट एक र उक्त कार्यदलमा प्रदेश सासंद जङ्गिलाल यादव प्रदेश सासंद कौशल किशोर यादव र जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह गरि जम्मा ५ जनाको समिती गठन गरिएको।
२) निर्णय न १ मा गठन भएको कार्यदलले ९ बुन्दे मागका सम्बन्धमा आवस्यक अध्यन गरि ७ दिनभित्र प्रतिवेदन पेश गर्ने।
३) बाँके–सङ्ग्रामपुर सडक खण्डमा रहेका अवरोधहरु तुरुन्त हटाउने सुरुवात गर्नुपर्ने।
४) हरिपुर्वा नगरपालिकाको कार्यालयमा रहेको तालाबन्दी मिति २०८०–३–१० गते आइतबार देखि खुल्लागरि कार्यपालिका संचालनमा रहेको अवरोध पुर्नरुपमा हटाइनेछ।
५) निर्णय न २ मा भएको निर्णयअनुसार कार्यदलबाट प्राप्त प्रतिवेदन,आन्दोलनरत दुबैपक्षले स्वीकार गरि कार्यान्वयनमा लैजाने प्रतिबद्धता जाहेर गरेको छ ।

Comments
Loading...