गृह जिल्ला सर्लाहीमा राष्ट्रिय क्रिकेट खेलाडी झा लाई अभिनन्दन

मुकेश झा

सर्लाही,२७ कार्तिक । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले राष्ट्रिय क्रिकेटर गुल्सन झालाई अभिनन्दन गरेको छ ।

आज सर्लाहीको मलंगवा नगरपालिका निवासी झा लाई नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्रीले अभिनन्दन प्रमाणपत्र हस्तान्तरण गरेर सम्मान गर्नुभएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा अलराउण्डर झाले देशलाई राष्ट्रिय तथा अन्तरराष्टिय क्षेत्रमा चिनाउन योगदान गर्नु भएकोले अभिनन्दन गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुरले जनाउनु भएको छ ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले सर्लाहीमा एउटा राम्रो स्टेडिएमको आवश्यकता भएको हुदा सर्लाहीका २० वटै पालिका मिलि स्टेडिएम बनाउनको निम्ति पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल कुमार सिंहले क्रिकेट खेल प्रति युवाहरूको आकर्षण बढेको छ । अन्य खेलको तुलनामा क्रिकेट खेलमा राज्यको लगानी बढी हुनुपर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, भैरबी गण दलका प्रमुख सुर्य बहादुर कार्की, नेपाल प्रहरी सर्लाही प्रमुख प्रविण धिताल लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...