आर्थीक समस्याका कारण उपचार बाट बन्चित खातुनलाई युवाहरु द्वारा आर्थिक सहयोग

लोकप्रिय समाचरदाता २२ – भाद्र – २०७७

सर्लाहीको हरिपूर्वा नगरपालिका ८ बस्ने नसिमा खातुन बिगत केही दिन देखि किडनी खराब तथा छयरोग बिरामीबाट ग्रसित भएपनि आर्थीक समस्या अत्यन्तै जटिल भएको कारण उपचार गराउन नसकिरहेको बेला हरिपूर्वा नगरपालिका ८ बस्ने जितू यादव(जिबा ) को नेतृत्वमा युवाहरुले रु १५ हजार आर्थिक सहयोग गरेको छन ।
सानो बच्चा हरु तथा श्रीमान पनि कमाउने अबस्थामा नरहेको खातुनको अनुसार आफ्नो बिरामी को अपरेशन गर्नको लागी डाक्टरले कम्तीमा रु ८० हजार जुटाउनको लागी भनेको छन । खान नै धौ धौ परिरहेको खातुनले त्यति ठुलो रकम जुटाउन नगरपालिका प्रमुख तथा वडाध्यक्ष समेतलाई गुहार गरेपनि केही सहयोग नपाएको बेला बसतंपूर को युवाहरुले आर्थीक सहयोग गरेपछि हिम्मत जुटेको बताएकि छिन ।
जितु यादव (जिबा) को अनुसार हामीहरुले नसिमा खातुन जिबन बचाउ अभियान सचांलन गरेर रकम संकलन गराई उहालाई सहयोग गराउने प्रयासमा जुटेको र उहाँलाई सहयोग गर्नुहुने महानुभावले ९८१६८९९९९३ मा सम्पर्क गरेर सहयोग गरिदिन हुन समेत आग्रह गर्नुभएको छन ।

Comments
Loading...