हरिपूर्वा नगरप्रमुख द्वारा नगर भित्र रहेको लघुवित्त संस्थाहरुको अनुगमन

रौशन भा भाद्र– १८ –२०७७

सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिकामा अहिले करिब १ दर्जन लघुबित्तहरुमा ५ हजार भन्दा बढि महिलाहरु आबद्ध भएर सानो सानो रोजगार तथा कृषी उत्यादन कार्यमा ब्यस्त रहेको नेशनल माइक्रो फाइनान्सको बा्रन्च म्यानेजर भोगेन्द्र यादवले बताए ।

हरिपूर्वा नगरपालिका भित्र शाखा कार्यालय स्थाप्ना गरेर संचालनमा रहेको ५ वटा लघुवित्त संस्थाहरुलाई हरिपूर्वा नगर प्रमुख सियाराम राय,नगरपालिका का सुब्बा रमेश जी ,पत्रकार मुकेश झा सहितको टोलिले बिहिबार अनुगमन गरको छन । नगर प्रमुख सियाराम रायको नेतृत्वमा भएको अनुगमनमा हाल यि ५ वटा लघुवित्तमा २९४ वटा ग्रुपमा ४ हजार ३ सय ५ जना सदस्य आबद्ध रहेको छन । जसमा पुरुष भने १ सय भन्दा पनि कम रहेको छन । यि लघुबित्त संस्थाहरु हरिपूर्वा नगरपालिका,पर्सा गाउपालिका इश्वरपूर नगरपालिका तथा महोत्तरीको सोनमा गाउपालिका भित्रमा अहिले सम्म २८ करोडको हराहारी मा कृषी तथा ब्यबसाय संचालनमा ऋण लगानी गरेको छ ।


महुली लघुबित बित्तिय संस्था लि.को व्रान्च प्रमुख डम्बर नारायण यादबको अनुसार यस क्षेत्रमा बिभिन्न लघुवित्तहरु बाट सदस्यहरुले कृषी तथा ब्यबसायको नाउमा कर्जा लिए पनि रकम घरायसी काममा खर्च गर्ने भएको ले ऋण असुलि गर्न अलि कठिनाइ हुने गरेको बताए ।
बिहिबार नगरपालिका द्वारा गरिएको अनुगमनमा नेशनल माइक्रो फाइनान्स,महुलि बित्तिय संस्था,मेरो माइक्रो फाइनान्स,फेारवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तिय संस्था,सारथी लघुबित्त बित्तिय संस्था रहेको छन भने बाकि रहेको बित्तिय संस्थाहरुको पनि छिटटै अनुगमन गरिने नगर प्रमुख सियाराम रायले बताउनुभयो ।`

Comments
Loading...