मधेस आन्दोलन स्मृति बलिदानी दिवसःशहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम समपन्न

मुकेश झा सर्लाही ०५ माघ

सर्लाही सहित देशैभरि आज माघ ५ गते मधेस आन्दोलनको क्रममा शहिद हुनुभएको बिर शहिदहरुको सम्झनामा दिप प्रज्वलन सहित बिभिन्न कार्यक्रमको साथमा मनाइएको छ ।

यसै अबसरमा प्रदेश २ को राजधानी जनकपूरधाम मा जनता समाजवादी पार्टी,नेपाल निकट विद्यार्थी संगठन का नेता सुरेन्द्र यादब र रितेश रायको नेतृत्वमा रामानन्द चौकमा उपस्थिति भई शहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरिएको छ ।

दिप प्रज्वलन कार्यक्रमको प्रमुख अतिथि जसपा नेपाल धनुषाका जिल्ला अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानु ज्यु,अतिथिहरुमा पार्टीका केन्द्रीय सदस्य लालबाबु साह,महाशंकर ठाकुर ,युवाका प्रदेश सचिव कमलेश यादब,तथा बिद्यार्थी नेता दिनेश यादब,सरोज यादब,रोशन साह,युवा नेता रोशन राउत,लगायत युवा,विद्यार्थी,नागरिक समाज,पत्रकार ज्युहरु भारी संख्यामा रामानन्द चौकमा उपस्थिति भई शहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरिएको जनता समाजवादी पार्टी,नेपाल निकट विद्यार्थी संगठन का नेता सुरेन्द्र यादबले बताउनुभयो ।

Comments
Loading...