गरिबि निबारणको लागी लघु उद्यम बिकास अन्तरगत ४५ जना महिला सिलाइ कटाइ सिक्दै

मुकेश झा लोकप्रिय अवाज २०७८ /११/२१

मलगंवा सदरमुकाम पुर्व तथा महोतरी सिमा नजिक रहेको हरिपूर्वा नगरपालिका स्थानिय चुनाव पछि निर्माण भएको बिकासोन्मुख नगरपालिका हो । शिक्षा तथा व्यपारमा पछिडिएको हरिपूर्वा नगरपालिका गांउमा सिहं दरबार आएपछि बिस्तारै बिकासको बाटो समात्न सफल भएको छ । बितेको ५ बर्षे कार्यकालमा हरिपूर्वा नगरपालिकाको आर्थिक सहयोगमा लघु उद्यम तर्फ १ हजार भन्दा बढी महिलालाई बिभिन्न शिप प्रदान गरि व्यपारमा ल्याउन सफल भएको नगर प्रमुख सियाराम रायले बताउनु भयो ।

आर्थिक बर्ष तथा स्थानिय तहको अन्तिम बर्षमा समेत हरिपूर्वा नगरपालिकाको आर्थिक सहयोगमा बिभिनन वडाहरुमा तथा नगरस्तरिय कार्यक्रम अनर्तगत शिपमुलक तालिमको आयोजना गरि करिब ३सय भन्दा बढि उद्यमी तयार भएको हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकालले बताउनुभयो ।

लघु उद्यम बिकास कार्यक्रम( MEDPA)अन्तरगत हरिपूर्वा नगरपालिकाको आर्थिक सहयोगमा २३ जना उद्यमीहरु लाई सिलाइ कटाइ सम्बन्धी स्तरउन्नती तालिम प्रदान गरिरहेको लघु उद्यमको फोकल र्पसन दिपेन्द्र यादबले बताए । तालिममा आर्थिक वर्ष २०७७/०७८ मा सिलाई कटाई तालिममा सहभागी भएको उद्यमी लाई स्तरउन्नती गराइरहेको हरिपूर्वा नगरपालिकाको लघु उद्यम कर्मचारी इन्दरजित यादबले बताए ।

त्यस्तै हरिपूर्वा नगरपालिको आर्थिक सहयोग तथा समग्र संचार बिकास केन्द्र इश्वरपूरको आयोजनामा हरिपूर्वा नगरपालिका वडा नम्बर २ र ५ को २५ जना महिलालाई व्यवसाय सुधार तथा बिस्तार सम्बन्धी शिप बिकास तालिम अन्तरगत सिलाइ कटाइ तालिममा प्रशिक्षण लिइरहको संस्थको अध्यक्ष भाग्यनारायण गुप्ताले बताए ।

Comments
Loading...